उर्मिला यादव यात्री , ३९० पटक हेरिएको
सियारी, पुस १८
श्री छपिया आधारभुत बिद्यालय छपिया सियारी ४ प्रसौनीले ६५औं बसन्तमा पाइला टेकेको अवसरमा ऐतिहासिक स्वर्ण महोत्सव समारोह २०८० सम्पन्न गरेको छ । स्वर्ण महोत्सव मुल समारोह समितीका संयोजक गोपाल पाण्डेको अध्यक्षमा भएको स्वर्ण महोत्सव समारोहलाई उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्ली बहादुर चौधरीले छपिया आधारभुत बिद्यालयको भौतिक बिकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले बिद्यालयको गुणस्तरीय शिक्षामा यहाको स्थानिय तहले ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो । मन्त्री चौधरीले अनुत्पादन क्षेत्र भन्दा उत्पादन क्षेत्रमा बिद्यार्थीहरुलाइ प्राबिधिक रुपमा अगाडी बढाउन आग्रह गर्दै यसमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । छपिया क्षेत्रको बाटोघाटो, माछापालन क्षेत्रमा लगानी गर्नुका साथै महिलाहरुलाई रोजगारीमा समाबेश गर्ने किसिमका कार्यक्रम ल्याएर महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउनु भएको छ । उहाले शिक्षा क्षेत्र यस्तो क्षेत्र हो जुन मानिसको सम्पुर्ण बिकासमा महत्वपुर्ण भुमिका खेल्ने गरेको बताउनु भएको छ । इतिहास र बिश्वको काल खण्ड र धार्मिक क्षेत्रलाई नियाल्दा शिक्षाको निकै ठुलो महत्व भएको मुख्य मन्त्री चौधरीले उल्लेख गर्नु भयो ।
उहाले धार्मिक ग्रन्थमा पनि शिक्षाको आफनै महत्व रहेको बताउदै शिक्षाले नै मानिसलाई सहि मार्ग निर्देशन गरेको उल्लेख गर्नु भयो । उहाले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएको छ । उहाले राजनितिक क्षेत्रबाट शिक्षकहरु टाढा भए मात्र असल शिक्षकको भुमिका निर्वाह गर्न सकिने बताउनु भएको छ । शिक्षकको काधमा नै बिद्यार्थीको भबिष्य रहेको हुदा शिक्षकले राजनिति गरे पनि त्यसको फाइदा बिद्यार्थी र बिद्यालयको लागी हुुनुपर्ने उल्लेख गर्नु भयो । पहिलेको जस्तो अहिले शिक्षा नभएकोले पहिलाको गुरुहरुको कल्पना गर्न नसकिने बताउदै अहिलेका गुरुहरुले धेरै मेहनत गर्नुपर्ने जोड दिनु भएको छ । यस्तै गरी लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षा, स्वास्थ्य र न्यायको क्षेत्रमा कहिल्यै पनि राजनिती गर्न नहुने बताउनु भएको छ । मन्त्री गुुप्ताले हरेक क्षेत्रमा राजनिति हुदा यसले समाजमा नकरात्मक असर पर्ने भएकोले यस्ता संघ संस्थाहरु स्पष्ट हुनुपर्ने जोड दिनु भएको छ । उहाले छपिया आधारभुत बिद्यालयको बिकासमा प्रदेश सरकारले बजेट बिनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । प्रदेश सरकारले कसैलाई काखा कसैलाई पाखा नगरी प्रदेश भित्र रहेका १२ वटा जिल्लामा आवश्यक परेको बिद्यालयमा प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रमा भेदभाव गर्न नहुने बताउनु भएको छ । उहाले जुन बिद्यालयमा राजनितिक दल पसिसकेको छ त्यस बिद्यालयको अवस्था राम्रो नभएको उल्लेख गर्नु भयो । उहाले निर्वाचित भएर सम्बन्धित ठाउमा पुगेका नेताहरु काम भन्दा पनि भाषणमा मात्र राम्रा कुरा गर्ने भएकोले राजनितिक दलबाट जनताहरु निराश भएको बताउनु भएको छ ।
उहाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता गर्नु भएको छ । शिक्षा क्षेत्रमा सुधार गर्न सके मात्र देशमा भएको गरीबी नियन्त्रण गर्न सकिने जोड दिनु भयो । उहाले जनताले जब सम्म भ्रष्टचारको बिरुद्धमा खुलेर आवाज उठाउदैनन तब सम्म कुनै पनि बिकासको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । उहाले आर्थिक क्षेत्रमा आएको मन्दीले ब्यापारीक क्षेत्रहरु पनि धरासयी हुन पुगेको बताउदै अब यस तर्फ सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाले उद्योगी ब्यवसायिहरुलाई सम्मान गरेमात्र देशको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनु भयो । उहाले संघिय सरकारले गर्दा उद्योगी ब्यवसायीहरु मर्कामा पर्नु दुखद भएको उल्लेख गर्नु भयो । उहाले संघ सरकारले प्रदेश सरकारलाई अधिकार दिए मात्र सोचे अनुरुप काम गरेर देखाउन सकिने बताउनु भएको छ ।
उहाले संघ सरकार, स्थानिय सरकार र प्रदेश सरकार बिच समन्वय नहुदा देशबिकासमा बिभिन्न किसिमका बाधाहरु आएको गुनासो गर्नु भयो । उहाले सरकारको सिस्टम नै सुधार गर्नुपर्ने जोड दिनु भयो ।
उहाले देशका युवाहरु मिलेर देश बिकासमा जब सम्म एकजुट हुन सक्दैनौ तब सम्म देशमा सुधार गर्न नसकिने बताउनु भएको छ । उहाले दिनप्रतिदिन देशको आर्थिक अवस्था नाजुक हुदै गएकोले भ्रष्टचारको बिरुद्धमा आवाज उठाउन आवश्यक रहेको जोड दिनु भयो । उहाले कृषि क्षेत्रमा लगानी गरेका किसानहरु .लाई संघ सरकारले हदै सम्मको अवहेलना गरेको बताउनु भएको छ । उहाले संघ सरकारले प्रदेश सरकारलाई कृषि क्षेत्रमा अधिकार नदिएको कृषि क्षेत्रमा प्रदेश सरकारले केही गर्न नसकेको गुनासो गर्नु भएको छ । उहाले आफनो देशका जनतालाई कहिले आत्मनिर्भर बनाउने भन्दै प्रश्न गर्नु भएको थियो । उहाले देश कृषिको पकेट क्षेत्र भए पनि सरकारले फर्टिलाइजर कम्पनी समेत खोल्न नसक्नु दुखद बिषय भएको बताउनु भएको छ । उहाले सरकारले किसानको बिषयमा बोल्न नसक्नु र किसानको समस्यालाई समाधान गर्न नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्नु भयो । उहाले संघ सरकारले काम गर्न नसके त्यो अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिक्रम जयसवालले प्रधानाध्यापकको प्रतिबेदन प्रस्तुत गर्दै यस बिद्यालयको स्थापना बि.स. २०१६ सालमा भएको बताउदै बिद्यालय बालबिकास कक्षा देखी कक्षा आठ सम्म संचालनमा रहेको जानकारी दिनु भएको छ । उहाले शिक्षालाई थप गुणस्तरीय र ब्यवहारिक र सिपमुलक बनाउन छुटटै कम्प्युटर ल्याबको ब्यवस्थापन गरी अध्यापन गराउदै आएको बताउनु भएको छ । उहाले बिद्यालयको बिकास गरी नमुना बिद्यालयको रुपमा चिनाउने लक्ष्य अनुसार काम गर्दै आएको बताउनु भयो । उहाले यस बिद्यालयमा १४ जना शिक्षक कार्यरत रहेको बताउदै यस बिद्यालयको जग्गामा रहेको पोखरी प्रतिबर्ष तीन लाख एक हजारका दरले ठेक्कामा दिएको जानकारी दिनु भएको छ । उहाले यस बिद्यालयमा २२ वटा ब्यवसायिक सटर रहेको र मासिक १ हजार ६ सय रुपैयाका दरले भाडामा दिएको बताउनु भएको छ ।
कार्यक्रममा सियारी गाउपालिका उपाध्यक्ष तथा स्वर्ण महोत्सव २०८० को सहसंरक्षक तारा थारु, लुम्बिनी प्रदेश सभासद हेमा बेलवासे , सियारी गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा स्वर्ण महोत्सवका सहसंरक्षक श्रीराम यादव, त्रिबेणी आधारभुत बिद्यालयका प्रधानाध्यापक मथुरा यादव, पुर्व अध्यक्ष नन्दलाल यादव लगायतले बोल्दै शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो ।
स्वर्ण महोत्सवको अवसरमा बिद्यालयले अन्तरबिद्यालय हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरेको छ । जसमा १० अंक ल्याएर संस्कार माबि प्रथम, पब्लिक माबि ८ अंकका साथ द्धितिय, र ७ अंक ल्याइ बिरेन्द्र माबि तृतीय भएको थियो । प्रतियोगितमा बिजयी हासिल गरेका बिद्यालयका बिद्यार्थीहरुलाई सम्मान गरी पुरस्कार समेत बितरण गरीएको थियो । स्वर्ण महोत्सव कार्यक्रममा बिद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, र बिद्यालयको बिकासमा महत्वपुर्ण योगदान पुरयाउनु भएको चन्दादाता, समाजसेवी, बिद्यालयका शिक्षक शिक्षिका लगायतलाई दोसल्ला ओढाइ सम्मान गरीएको थियो ।
कार्यक्रममा बिभिन्न संघसंस्थाका झाकीहरु प्रर्दशन हुनुका साथै सांस्कृतिक कार्यक्रम समेत गरीएको थियो । कार्यक्रममा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताले श्री छपिया आधारभुत बिद्यालयको स्वर्ण महोत्सव २०८० को स्मारिका बिमोचन समेत गर्नु भएको थियो । भने कार्यक्रम संचालन बिद्यालयका शिक्षक राधेश्याम मुराव, र भबिन्द्र ज्ञवालीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-०३ , समय : १५:२४:१३ , ११ महिना अगाडि