शिक्षा, स्वास्थ्य र न्यायको क्षेत्रमा राजनिती गर्नु हुदैन : सामाजिक बिकास मन्त्री गुप्ता

उर्मिला यादव यात्री , २५४  पटक हेरिएको

सियारी, पुुस १८

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षा, स्वास्थ्य र न्यायको क्षेत्रमा कहिल्यै पनि राजनिती गर्न नहुने बताउनु भएको छ । श्री छपिया आधारभुत बिद्यालय छपिया सियारी ४ प्रसौनीको स्वर्ण महोत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्र्दै मन्त्री गुुप्ताले हरेक क्षेत्रमा राजनिति हुदा यसले समाजमा नकरात्मक असर पर्ने भएकोले यस्ता संघ संस्थाहरु स्पष्ट हुनुपर्ने जोड दिनु भएको छ । उहाले छपिया आधारभुत बिद्यालयको बिकासमा प्रदेश सरकारले बजेट बिनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । बिद्यालयको बिकासमा समयमा बजेट नआउदा सोचे जस्तो बिकास गर्न नसकेको उल्लेख गर्दै उहाले बिद्यालयको बिकासमा बजेट बिनियोजन गर्नु पर्ने बताउनु भएको छ । प्रदेश सरकारले कसैलाई काखा कसैलाई पाखा नगरी प्रदेश भित्र रहेका १२ वटा जिल्लामा आवश्यक परेको बिद्यालयमा प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रमा भेदभाव गर्न नहुने बताउनु भएको छ । उहाले जुन बिद्यालयमा राजनितिक दल पसिसकेको छ त्यस बिद्यालयको अवस्था राम्रो नभएको उल्लेख गर्नु भयो । उहाले निर्वाचित भएर सम्बन्धित ठाउमा पुगेका नेताहरु काम भन्दा पनि भाषणमा मात्र राम्रा कुरा गर्ने भएकोले राजनितिक दलबाट जनताहरु निराश भएको बताउनु भएको छ ।

उहाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता गर्नु भएको छ । शिक्षा क्षेत्रमा सुधार गर्न सके मात्र देशमा भएको गरीबी नियन्त्रण गर्न सकिने जोड दिनु भयो । उहाले जनताले जब सम्म भ्रष्टचारको बिरुद्धमा खुलेर आवाज उठाउदैनन तब सम्म कुनै पनि बिकासको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । उहाले आर्थिक क्षेत्रमा आएको मन्दीले ब्यापारीक क्षेत्रहरु पनि धरासयी हुन पुगेको बताउदै अब यस तर्फ सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाले उद्योगी ब्यवसायिहरुलाई सम्मान गरेमात्र देशको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनु भयो । उहाले संघिय सरकारले गर्दा उद्योगी ब्यवसायीहरु मर्कामा पर्नु दुखद भएको उल्लेख गर्नु भयो । उहाले संघ सरकारले प्रदेश सरकारलाई अधिकार दिए मात्र सोचे अनुरुप काम गरेर देखाउन सकिने बताउनु भएको छ ।


उहाले संघ सरकार, स्थानिय सरकार र प्रदेश सरकार बिच समन्वय नहुदा देशबिकासमा बिभिन्न किसिमका बाधाहरु आएको गुनासो गर्नु भयो । उहाले सरकारको सिस्टम नै सुधार गर्नुपर्ने जोड दिनु भयो ।
उहाले देशका युवाहरु मिलेर देश बिकासमा जब सम्म एकजुट हुन सक्दैनौ तब सम्म देशमा सुधार गर्न नसकिने बताउनु भएको छ । उहाले दिनप्रतिदिन देशको आर्थिक अवस्था नाजुक हुदै गएकोले भ्रष्टचारको बिरुद्धमा आवाज उठाउन आवश्यक रहेको जोड दिनु भयो । उहाले कृषि क्षेत्रमा लगानी गरेका किसानहरु .लाई संघ सरकारले हदै सम्मको अवहेलना गरेको बताउनु भएको छ । उहाले संघ सरकारले प्रदेश सरकारलाई कृषि क्षेत्रमा अधिकार नदिएको कृषि क्षेत्रमा प्रदेश सरकारले केही गर्न नसकेको गुनासो गर्नु भएको छ । उहाले आफनो देशका जनतालाई कहिले आत्मनिर्भर बनाउने भन्दै प्रश्न गर्नु भएको थियो । उहाले देश कृषिको पकेट क्षेत्र भए पनि सरकारले फर्टिलाइजर कम्पनी समेत खोल्न नसक्नु दुखद बिषय भएको बताउनु भएको छ । उहाले सरकारले किसानको बिषयमा बोल्न नसक्नु र किसानको समस्यालाई समाधान गर्न नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्नु भयो । उहाले संघ सरकारले काम गर्न नसके त्यो अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०१-०३ , समय : १२:३७:४६ , ११ महिना अगाडि