नेपाली कांग्रेस सिद्धार्थनगर–७ द्वारा फलफूल वितरण

रुपन्देही खबर , १७४  पटक हेरिएको

भैरहवा, पुस १८

४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सिद्धार्थनगर नगर वडा कार्यसमिति वडा नम्बर ७ ले फलफूल वितरण गरेको छ । कांग्रेसले सिद्धार्थनगर–७ समितिले सोमबार रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङ्गले २०३३ साल पुस १६ गते महामानव वि.पी.कोइराला लगायतका नेताहरु प्रवास भारतबाट तत्कालिन भुराजनैतिक अवस्थाको गम्भिर ढंगले विश्लेषण गरी आफूमाथि लगाइएको ७ वटा मुद्दामा ज्यानको प्रवाह समेत नगरी राष्ट्र रहे मात्र राष्ट्रियता रहन्छ भन्ने भावनालाई आत्मसाथ गरी स्वदेश फर्केको बताउनु भएको छ । उहाले सो दिनलाई लोकतन्त्रको प्रवद्र्धनमा महत्वपूर्ण दिनको रुपमा स्मरण गर्दै मनाइएको बताउनु भएको छ ।
कार्यक्रममा कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा, महाधिवेशन प्रतिनिधि बसन्त कुमार लाल कर्ण लगायतले मेलमिलाप दिवसको महत्वका बारेमा बताउनु भएको थियो ।
कांग्रेस सिद्धार्थनगर वडा नम्बर ७ का वडा सभापति भविलाल पौडेलको सभापतित्व तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ कका कोषाध्यक्ष दिपक कुँवर, सिद्धार्थनगर सचिव अनिल कुमार के.सी., श्री सत्य साई वृद्ध सेवा आश्रम प्रमुख माया खरेल, कांग्रेस सिद्धार्थनगर–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, वडा नम्बर ६ का सभापति राम बहादुर गुरुङ्ग, ८ का सभापति टंक ज्ञवाली, ९ का सभापति श्यामसुन्दर खनाल, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, १२ का सभापति हरिराज विष्ट, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कांग्रेस सिद्धार्थनगर–७ का सचिव अमृत कर्माचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-०३ , समय : १०:०५:४५ , ११ महिना अगाडि