पार्वती थारु , २३१ पटक हेरिएको
तिलोत्तमा , पुस १४
तमु ह्युल छोजधी गुरुङ राष्टिय परिषद् नगर समिति तिलोत्तमा १३ को आयोजनामा बृहत तमु ल्होसार साँस्कृतिक कार्यक्रम २०८० भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार तिलोत्तमा १३ करौजियामा भएको ल्होसार कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्णा खाँडले ल्होसारको शुभकामना दिनु भएको थियो ।
उहाँले तिलोत्तमा नगरपालिकाले पनि तिलोत्तमा भित्रका सबै जातजाति, धर्म संस्कृति र संस्कार मान्नेलाई सम्मान गर्दै सबैले सबैको पर्व तथा उत्सवमा सहभागी हुनु पर्ने बताउनु भयो । साथै उहाँले तिलोत्तमा नगरपालिकाको संस्कार र संस्कृतिलाई जर्गेना गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो । यसैगरी तिलोत्तमा वडा नं १३ का वडा अध्यक्ष नारायण ढकालले आफु पनि यसै टोलको भएकाले ल्होसार पर्व साप्ताहिक रुपमा मनाउनु आफैमा गर्वको कुरा भएको बताउनु भयो । उहाँले अगामि दिनमातमु जातिमा विचार र सोच ठुलो भएकाले नै आज वृहत तमु ल्होसार कार्यक्रम सम्पन्न हुन सफल भएको बताउनु भएको थियो । कार्यक्रममा तिलोत्तमा नगर वडा नं १३ नगर समितिका अध्यक्ष नरजङ गुरुङको अध्यक्षता,,तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्णा खाँडको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी विशिष्ट अतिथिहरुमा लोक तथा दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिका कोषध्यक्ष धनबहादुर गुरुङ,लोक तथा दोहोरी प्रतिष्ठान केन्द्रिय समितिका आजीवन सदस्य श्याम राना, लोक तथा दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश समितिका उपाध्यक्ष माया गुरुङ, तिलोत्तमा वडा नं १३ का अध्यक्ष नारायण ढकाल, तिलोत्तमा वडा नं ७ का अध्यक्ष देवी प्रसाद पंगेनी , तिलोत्तमा वडा नं ६ का अध्यक्ष गणेश पाठक, वडा नं ९ का वडा अध्यक्ष ध्रुव न्यौपाने रहनु भएको थियो ।
यस्तै अतिथिहरुमा करौजिया टोल विकास संस्थाका अध्यक्ष छविराम सोमै मगर, न्यु सिर्जना युवा क्लबका अध्यक्ष सोवित दर्लामी, न्यु सिटी युवा क्लबका अध्यक्ष तेत्रा थारु, नेपाल छन्त्याल संघ नगर समिति तिलोत्तमा रुपन्देहीका उपाध्यक्ष गंगा छन्त्याल, थारु कल्याण कारिणी नगर समिति तिलोत्तमा रुपन्देहीका अध्यक्ष आशा थारु, तमु ह्युल छोजधी गुरुङ राष्टिय परिषद्का केन्द्रिय उपाध्यक्ष सर्वजीत गुरुङ,, नेपाल मगर संघका नगर समिति तिलोत्तमा रुपन्देहीका अध्यक्ष लिलमाया राना, लगायतको सहभागीता रहेको थियो । गुरुङ समुदायले हरेक वर्ष पुष १५ का दिन मनाउदै आएको ल्होसार पर्वमा यसवर्ष विरालो वर्ग लाई विदाइ गर्दै मुप्रिल्हो वर्गको स्वागत गरि ल्होसार पर्व धुमधामका साथ मनाएका छन् । कार्यक्रमको नगर तिलोत्तमा १३ नगर समितिका सचिव चित्र प्रसाद गुरुङ र आशा गुरुङले सन्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-१२-३० , समय : ०९:३८:३४ , ११ महिना अगाडि