नेपाल स्वास्थ्य कर्मि संघ नवलपरासी द्वारा बिरामीलाई फलफुल बितरण

प्रकाश न्यौपाने , ५७४  पटक हेरिएको

नवलपरासी , जेठ २४

पश्चिम नवलपरासीको पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा रहेका २३ जना बिरामीलाई आज फलफुल बितरण गरिएको छ । नेपाल स्वास्थ्य कर्मि संघको ३१ औं स्थापना दिवसको अबसरमा फलफुल बितरण गरिएको स्वास्थ्य कर्मी संघ नवलपरासीका अध्यक्ष बाबुराम तिमिल्सिनाले बताउनु भयो ।

 

कार्यक्रममा फलफुल बितरण गर्दै नेपाल स्वास्थ्य कर्मि संघका केन्द्रिय सदस्य एव कार्यक्रमका प्रमुख अतिथि कृष्ण हरि पौडेलले स्वास्थ्य कर्मी संघले विभिन्न समयमा सामाजिक उत्तरदायीत्व मुलक कार्य गर्दै आएको बताउदै बिरामिहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

 

कार्यक्रममा अस्पतालका मेडेकल सुपरिटेन्डेन्ट डाक्टर मोहमद नुरुल होदा र स्वास्थ्य कर्मी संघका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-०७ , समय : १६:५५:३० , २ वर्ष अगाडि