लुम्बिनीलाई शिक्षाको क्षेत्रमा अग्रसर गर्दै थिङकिङ रिच नेपाल

रामभवन मौर्या , ४३९  पटक हेरिएको

मर्चवार ,पुस ५

लुम्बिनी क्षेत्रलाई शिक्षाको क्षेत्रमा अग्रसर गर्ने उद्देश्यले थिङकिङ रिच नेपालले बुधबार एक कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेश ,प्रदेश युवा परिषद बुटवलको आयोजना तथा थिङकिङ रिच नेपालको सहआयोजनामा सामाजिक बिकृति तथा बिसंगती उन्मुलन सम्बन्धि शैक्षिक कार्यक्रम सम्पन्न भएको हो।


उक्त कार्यक्रमको सभा अध्यक्ष प्रदेश युवा परिषदका वरिष्ठ उपाध्यक्ष गोबिन्द केसी प्रमुख अतिथि समाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता साथै विशिष्ट अतिथि सिङ्गर पुनम पाण्डे, अब्दुल मोइद खान, वजहुद्दिन मुसलमान, एस एन त्रिपाठी लगायत विभिन्न अतिथिहरु गरि करिब ५ सय जना युवाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम समाजमा रहेका समाजिक विकृति विसंगति दाइजो प्रथा बालविवाह न्यूनीकरण गर्नको लागि र समाजमा एउटा सबैभन्दा ठूलो सकारात्मक प्रभाव पार्नको लागि लुम्बिनीको इतिहासमा सामाजिक विकृति विसंगति सम्बन्धी सबैभन्दा ठूलो कार्यक्रम सम्पन्न गरिएको भनि आयोजकले बताएका छन ।

सो कार्यक्रममा मन्तव्यको क्रममा समाजमा रहेका समाजिक विकृति विसंगति उन्मूलन सम्बन्धी शैक्षिकमूलक कार्यक्रम गराएर सम्पुर्ण बालबालिकाहरूलाई शिक्षा, स्वास्थ्यमा सचेतना फैलाउने भनि लक्ष्य रहेकोमा आज यो क्षेत्रमा हामीले सुरुवात गरेको भनि सभाध्यक्ष के सी ले बोल्नुभयो सोहि क्रमका प्रमुख अतिथी मन्त्री गुप्ताले जनताको सुख दुःखमा साथ दिनको लागि म अहिले लुम्बिनी प्रदेशको राजधानि भालुभाङमा बास लिएको छैन। हामी जति गरिब भएपनि मनलाई धनी बनाउन पर्दछ। यदि संघका सरकारले प्रदेशको युवा नेतालाई कार्य गर्ने अधिकार दिइयो भने हामी युवा नेता संघका नेता भन्दा राम्रो कार्य गरेर देखाउन सक्छौ तसर्थ संघ एकतिर कार्य गर्दछ भने प्रदेश अर्कैतिर जान्छ, नगरपालिका अर्कोतिर जानुहुदैन समायोजना हुन न सक्नु दु:खद कुरा हो सो यस्ता कार्यक्रमले अझ युवाहरुलाई एकजुट पार्न बल प्रदान गरेको भनि मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको सह-आयोजक थिङ्किङ रिच नेपालको अध्यक्ष ग्रेटफुल दिनेश कुमार गुप्ताले सम्पूर्ण विद्यार्थीहरुलाई जीवनमा केही नयाँ कुरा गर्नका लागि केही रोचक तरिकाहरू बारे जानकारी गराउनु भएको सो कार्यक्रमका प्रमुख तीन जना प्रशिक्षक मध्ये ग्रेट्फुल दिनेश, इमरान खान ,पृथ्वीराज चौधरी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन विशाल सिंह यादव गर्नु भएको थियो भने समापन गोबिन्द केसीले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२३-१२-२१ , समय : २१:३७:१७ , ११ महिना अगाडि