मर्चवारका समस्याहरुलाई अवगत गराउदैे सरोकारवालाहरुलाई ज्ञापन पत्र

रुपन्देही खबर , ३७१  पटक हेरिएको

भैरहवा, पुस २

रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न समस्या अवगत गराउदै विभिन्न सरोकारवालाहरु लाई मर्चवार जनजागरण युवा क्लबले ज्ञापन पत्र बुझाएको छ । मर्चवारको अलपत्र रहेको मुख्य बाटो, अब्यवस्थित चोक, अतिक्रमण गरिएको विभिन्न टोल बस्तीका सडक, दुर्गन्धित नहरबारे अवगत गराउदै बजारमा गुणस्तरहीन बस्तुका सामान बिक्रि वितरण रोक लगाउन ज्ञापन पत्र बुझाएको क्लबका अध्यक्ष मोहम्मद आरिफ खाँनले बताउनु भएको छ ।

ज्ञापन पत्र लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था, ईलाका प्रहरी कार्यालय मझगावाँ, ईलाका प्रहरी कार्यालय मर्चवार र ईलाका प्रशासन कार्यालय मझगावाँलाई बुझाइएको क्लबका अध्यक्ष खाँनले जानकारी दिनु भएको छ ।

मर्चवारको जिर्ण अवस्थमा रहेको मुख्य सडकमा अब्यवस्थित पाकिङ्ग, सडक अतिक्रमण गरी राखिएको पसल तथा विभिन्न उद्योग ब्यवसायबाट निस्केको फोहोर सडकको छेउमा ब्यवस्थापनले झन करुप बनाएको बताउदै यस तर्फ ईलाका प्रहरी कार्यालय र सम्बन्धित क्षेत्रका स्थानीय तहले ध्यानाकर्षण गर्न उहाले आग्रह गर्नु भएको छ । यसैगरी सिँचाई प्रयोजनको लागि बनाईको मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको नहरमा मनपरी फालिएको फोहोरले झन दुर्गन्धित बनाएको यस प्रति सरोकारवालहरुले आँखा बन्द हिडेको र यसले प्रत्यक्ष रुपले स्वास्थ्यमा असर गरेको अध्यक्ष खाँनले बताउनु भयो ।

स्थानीय सरकारको अनुगमन शुन्य रहेको बताउदै सुरक्षा, निर्देशन, ब्यवस्थापनको अभावले चोरी, दुर्घटना, वातावरणीय असर, सडक जाम, म्याद गुज्रेका सामान विक्रि वितरण लगायतका सामस्याहरु उत्पन्न भएको क्लबका अध्यक्ष खाँनले बताउनु भएको छ ।

अधिकांश कृषि सडकको छेउमा रहेको विद्युतीय तारपोल नजिक पराल ब्यवस्थापन, सडकलाई असर हुनेगरी गोबर थुपारीएको, गिट्टी बालुवा थुपारीएको, चौपाया जनावर सडकको छेउमा ब्यवस्थापन, विभिन्न सवारी साधान तथा कृषि उपकरण सडकमै पार्किङ्गले विभिन्न दुर्घटना हुने गरेको अवगत गराउदै त्यसको अनुगमन गरी ब्यवस्थापन तथा आवश्यक नर्देशन सहित कारवाहीको समेत माग गरीएको छ । मर्चवारको गोनहा, मझगवाँ, मिडिया चौक, रायपुर, जिगिना लगायतका अत्यधिक भिडभाड हुने ठाउँमा प्रहरी डिउटी खटाउन समेत माग गरीएको छ ।

प्रकाशित मिति: २०२३-१२-१८ , समय : २१:४९:२४ , ११ महिना अगाडि