रुपन्देही खबर , २८८ पटक हेरिएको
भैरहवा, मंसिर ३०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।
प्रकाशित मिति: २०२३-१२-१६ , समय : १२:०१:२६ , ११ महिना अगाडि