किशोरी अधिकार मंच रुपन्देहीको अध्यक्षमा पुन :सुनिता हरिजन निर्वाचित

उर्मिला यादव यात्री , १६१  पटक हेरिएको

भैरहवा, मंसिर २४

न्याय पुर्ण र बिभेदरहित समाज भन्ने मुल नाराका साथ जिल्ला स्तरीय किशोरी अधिकार मंच रुपन्देहीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले पुन सुनिता हरिजनको अध्यक्षतामा ९ सदस्यिय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा सबिता प्रजापति, सचिवमा सोनम कुर्मी, सहसचिवमा गिता हरिजन,कोषाध्यक्षमा सृजना ठाकुर सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै गरी सदस्यहरुमा सत्य गोसाइ, सवाय खातुन, अनुराधा यादव र निलम हरिजन निर्वाचित हुनु भएको हो । मंचको चौथो साधरण सभा तथा दोस्रो अधिवेशनले सल्लाहकार समितीमा रन्जु कुमारी पासी, सुधा हरिजन, रिमा मौर्य, उर्मिला अग्रहरी रुकैया खातुनलाई चयन गरेको छ ।

किशोरी अधिकार मंच रुपन्देहीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको निर्वाचन समिती संयोजकमा कल्पना तिवारी, सदस्यहरुमा समिता मल्ल र अर्जुन कुर्मीको निर्णायक भुमिकाले समिती चयन गरीएको हो ।
जिल्ला स्तरीय किशोरी अधिकार मंच रुपन्देहीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मंचकी अध्यक्ष सुनिता हरिजनको अध्यक्षता तथा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष हरिजनले किशोरीको हकहितमा मंचले सक्रिय भएर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले स्थानिय तह लगायतका कार्यक्रमहरुमा किशोरीहरुको अर्थपुर्ण सहभागिता हुन नसकेको गुनासो गर्नु भएको छ । उहाले स्थानिय निकायका हरेक कार्यक्रममा किशोरीहरुको अर्थपुर्ण सहभागिता गराउन अनुरोध गर्नु भएको छ । उहाले ग्रामिण भेगमा अझै पनि किशोरीहरु आफनो अधिकारका बारेमा नै अनबिज्ञ भएकोले त्यस्ता ठाउमा किशोरी संजाल पुग्न आवश्यक रहेको जोड दिनु भयो । उहाले स्थानिय तह तथा पालिकाबाट किशोरीहरुको हकहित र बिकासका लागी सहयोग पाए पनि अझै पनि कतिपय ठाउमा किशोरीहरुले केही गर्न नसक्ने भन्दै बिभेद गरेको पाइएको बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाइले मंचलाई बिभिन्न संघसंस्थाहरुको साथ र सहयोग रहेकोले समाजमा अघि बढन सहज भएको बताउनु भएको छ । उहाले किशोरीहरुले २० बर्ष पारि बिवाह गर्नुपर्ने लगायत उनीहरुले पाउनुपर्ने अधिकार सुनिश्चित गर्न आग्रह गर्नु भएको छ । उहाले मंचले किशोरीहरुको हकहितमा काम गर्दै आएकोले आगामी दिनमा पनि सक्रिय भएर आगाडी बढन अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा शुद्धोधन गाउपालिकाका उपप्रमुख शान्तादेवी ज्ञवाली,सम्मरीमाइ गाउपालिकाका उपाध्यक्ष कुमारी प्रियंका सिहं , लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष इनामुल्लाह फकिर लगायतले बोल्दै किशोरीहरु सुरक्षित नरहे सम्म किशोरीहरुको बिकासका लागी बजेट बिनियाजन गरे पनि त्यो अर्थपुर्ण नहुने बताएका थिए । किशोरी अधिकार मंच रुपन्देहीको आयोजना तथा केयर नेपालको सहयोग एवम ओरेकको समन्वयमा आज चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रममा मंचको योजना तथा प्रतिबेदनहरु सर्वसम्मतले पारित भएको आयोजकले जनाएको छ। कार्यक्रममा किशोरी अधिकार मंच १६ वटै स्थानिय पालिकाका अध्यक्षहरु, सदस्यहरु लगायत बिभिन्न स्थानिय निकायका प्रतिनिधी तथा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१२-११ , समय : २३:५१:१० , १२ महिना अगाडि