दाइजो प्रथा नहटाए सम्म लैंगिक हिंसाको अन्त्य नहुने : सामाजिक बिकास मन्त्री गुप्ता

उर्मिला यादव यात्री , २५९  पटक हेरिएको

भैरहवा, मंसिर २३

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षाको कमी भएको ठाउमा लैंगिक हिंसाका घटनाहरु बढी हुने गरेको बताउनु भएको छ । लंैगिक हिंसा बिरुद्धको अभियानलाई सफल बनाउनका लागी हामीले आफनो घरपरिवार र समाजबाट सुरुवात गर्नुपर्ने मन्त्री गुप्ताको भनाइ छ । सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत शुक्रबार भैरहवामा आयोजना गरेको सरकारी निकाय, स्थानिय तह, संघसंस्था, शिक्षण संस्था, नागरीक समाज र अधिकारकर्मी बिच अन्तक्रिया कार्यक्रममा मन्त्री गुप्ताले समाजबाट दाइजो प्रथा नहटाए सम्म लंैगिंक हिंसाको अन्त्य नहुने बताउनु भएको हो । उहाले छोराछोरी बिचको बिभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।


मन्त्री गुप्ताले संघिय सरकारले काठमांडौलाई मात्र नेपाल मान्दा अहिले लुम्बिनीमा बिकास हुन नसकेको गुनासो गर्नु भएको छ । लुम्बिनी बिकास कोष भन्दा बाहिर लुम्बिनीको अवस्था एकदमै दयनिय र पिछडिएको मन्त्री गुप्ताको भनाइ छ । बिकास र अन्य क्षेत्रको बिकासमा लुम्बिनी क्षेत्रलाई पछि पारिएको गुप्ताले गुनासो गर्नु भएको छ । लुम्बिनीको नामले बिश्वमा चिनिएको नेपाल तर बिडम्बना आज त्यो ठाउको अवस्था दयनिय छ भन्दै दुख ब्यक्त गर्नु भयो । उहाले लुम्बिनीमा शिक्षा क्षेत्रमा पहुच भएका बिद्यालय र नेताहरुले मात्र बजेट ल्याउदा शिक्षा क्षेत्रमा समानुपातिक रुपमा बिकास नभएको बताउनु भएको छ । उहाले घर घरमा स्थानिय सरकार आए पनि बिपन्न समुदायलाई निशुल्क शिक्षा प्रदान गर्न सकिने खालका कामहरु कुनै सरकारको तर्फ बाट नभएको गुनासो गर्नु भएको छ । जुन समाजमा शिक्षाको कमी हुन्छ त्यो समाजमा नै पक्षपातको बढी सम्भावना हुन्छ गुप्ताले भन्नु भयो । कुनै पनि कार्य गर्न निस्वार्थ र निष्पक्ष भावले गर्नुपर्ने गुप्ताको जोड छ । निर्वाचनको समयमा मात्र राजनितिक दलका नेताहरु देश बिकासका नाममा घोषणा पत्रका साथ समाजमा आए पनि निर्वाचित भैसकेपछि त्यो सबै हराउने हुदा देशको समस्या समाधान हुन नसकेको मन्त्री गुप्ताले बताउनु भयो ।

देशको अवस्था दिनप्रतिदिन नाजुक हुदै गैरहेकोले भ्रष्टचारीहरुको सम्पत्ति जबसम्म छानबिन हुदैन र जबसम्म भ्रष्टचारको बिरुद्धमा हामी आवाज उठाउदैनौ तब हाम्रो देशलाई जोगाउन सक्दैनौ मन्त्री गुप्ताले भन्नु भयो । उहाले भ्रष्टचार बिरुद्ध आवाज उठाए पनि सुनुवाई नहुने भएकोले धेरै समस्या सिर्जना भएको उल्लेख गर्नु भयो । उहाले सरकार जोगाउने र कुर्ची बचाउने काम मात्र भैरहेको बताउनु भएको छ । उहाले सरकार देश र जनतालाई सहजतरिकाले सेवासुबिधा दिनका लागी काम गर्ने भए पनि त्यो पनि गर्न नसकेको बताउनु भयो । उहाले पिडित ब्यक्तिले न्याय माग्दा यदि राजनितिक दलसंग पहुच छैन भने उनीहरु न्याय समेत नपाएको गुनासो अवस्था रहेको गुनासो गर्नु भएको छ । उहाले आफनो चाहना नै जनताले समानुपातिक रुपमा न्याय पाउनुपर्ने भएको बताउनु भएको छ । उहाले भारतसंग सिमा जोडिएका ठाउमा लागुऔषध लगायत र्दुब्यसनीमा युवाहरु फसेकोले यो समस्याबाट युवाहरुलाई बचाउन सकिए ५० प्रतिशत देशको समस्या समाधान हुने जोड दिनु भयो । उहाले युवाहरु नै देश बिकासको भबिष्य भएकोले युवा राम्रो भए देश पनि राम्रो हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-१२-०९ , समय : ११:४९:४९ , १२ महिना अगाडि