मर्चवारका जनता स्थानिय सरकारको अनुभुति गर्न पाएनन: बब्लु शुक्ला

उर्मिला यादव यात्री , ६३४  पटक हेरिएको

मर्चवार, मंसिर २०

रुपन्देहीको सम्मरीमाइ गाउपालिकाका पुर्व अध्यक्ष बब्लु शुक्लाले मर्चवारका जनताहरु स्थानिय सरकारको अनुभुति गर्न नपाएको बताउनु भएको छ । बुधबार सम्मरीमाइ गाउपालिका वडा नम्बर ४ मा आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा शुक्लाले मर्चवारमा लुटतन्त्र बाहेक केहि बिकास हुन नसकेको बताउनु भएको हो । उहाले मर्चवारका जनताले जिताएर पठाएका जनप्रतिनिधीहरु जनताको समस्या बुझन नआएको गुनासो गर्नु भएको छ । जनताका समस्या नबुझने जनप्रतिनिधीहरु जिताएर पठाउदा जनताले नै दुख पाएको दुखेसो गर्नु भयो । शुक्लाले शिक्षित समाजको निमार्ण गर्नुपर्ने बताउदै उहाले आफनो कार्यकालमा बिद्यालयमा राजनिति हुन नदिएको र शिक्षकहरुलाई कडाइका साथ लगेकोले शिक्षामा धेरै सुधार आएको बताउनुभयो । उहाले शासन मायाले चल्दैन, आवश्यक परेको ठाउमा कडाइ गर्न पनि आवश्यक हुन्छ भन्नु भयो । उहाले आफुले प्रशासन भन्दा पनि यहाको बालबालिकाहरुको उचित शिक्षा ब्यवस्थापनमा लागेको उल्लेख गर्नु भयो । शुक्लाले ५ बर्ष पहिला बाटो थियो कि थिएन भन्दै जनतासंग प्रश्न समेत गर्नु भएको थियो । शुक्लाले आफनो कार्यकालमा मर्चवारको गल्ली गल्लीमा बाटोघाटोको निमार्ण गरेको दाबी गर्नु भएको छ । उहाले अहिलेको २ बर्षमा सम्मरीमाईमा कतिको बिकास भयो यसको मुल्यांकन जनताले गर्नु पर्ने बताउनु भयो । उहाले अब मर्चवारका जनता जागरुक हुन आवश्यक रहेको बताउदै आफनो सपना नै जनता जागरुक हुने उल्लेख गर्नु भयो ।

उहाले मर्चवारको जनता मलखाद पानी लगायतका समस्याबाट गुज्रिरहेको बताउदै यस्ता कुराहरु चुनावको बेला मात्र जनतामाझ पुग्ने गरेको बताउनु भएको छ ।। उहाले आफनो कार्यकालमा मर्चवारका बिपन्न समुदायका लागी बिभिन्न संघसंस्थाहरुबाट सहयोग आइरहेको भए पनि अहिले २ बर्ष देखि यसको बितरण सम्बन्धी आफुले कुनै जानकारी नपाएको उल्लेख गर्नु भयो । उहाले आफु गतचुनावमा जनताको भोटले होइन पार्टीका गद्धारहरुबाट हार ब्यर्होनु परेको सुनाउनु भयो । सारा शक्ति एक भएर आफुलाई हराए,जनताले मलाई हराएनन । जब नेताहरु थाहा पाए बब्लु शुक्लाको ग्राफ बढदै गइरहेको छ । जनताले शुक्लालाई अगाडी बढाउदै लगेका छन भन्ने कुरा थाहा पाएर आफनो बिरुद्धमा जाल रचिएको उल्लेख गर्नु भयो । आफनो बिरुद्ध जति जाल रचिए पनि जनताको आर्शिवादले नै आफु आज जनताको माझ उभिएको बताउनु भयो ।


मर्चवारको जनताको आफुलाई पुर्ण रुपमा सहयोग रहेकोले सधै गर्व लाग्ने गरेको शुब्लाको भनाई छ । मर्चवारका जनताको बारेमा जसले सोच्छ त्यसको बारेमा साजिस हुन्छ शुक्लाले भन्नु भयो । उहाले स्थानिय सरकार आफनै घर आगनमा आएकोले सरकारले के गर्दैछ त्यसको बारेमा जनताले जान्नु पर्ने बताउनु भयो । उहाले मर्चवारको जनताको पक्षमा आफु सधै उभिएको उल्लेख गर्नु भएको छ ।

कार्यक्रममा शुक्ला संग त्यहाका स्थानियहरुले खानेपानी, बासस्थान, चर्पी लगायतको समस्या राख्दै त्यसको समाधानका लागी आग्रह गरेका थिए भने शुक्लाले त्यहाका स्थानियहरुको मागलाई सम्बोधन गर्ने बिश्वास दिलाउनु भएको छ ।

कार्यक्रम सम्मरीमाइ गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष तौलन केवटको अध्यक्षता तथो सम्मरीमाइ गाउपालिकाका पुर्व अध्यक्ष बब्लु शुक्लाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सम्मरीमाई गाउपालिका वडा नम्बर ५ कावडाध्यक्ष श्रवण कुमार यादव, वडानम्बर ६ का वडाध्यक्ष लगायतले बोल्नु भएको थियो भने कार्यक्रम संचालन प्रमोद कुमार मिश्राले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-०६ , समय : २२:२०:४८ , ११ महिना अगाडि