रामग्राम साकाेसकाे २१ओैं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

सुरेश यादव , २८७  पटक हेरिएको

नवलपरासी,मंसिर १७

पश्चिम नवलपरासीको रामग्राम ३ मा अवस्थित रामग्राम बचत तथा ऋण सहकारी सहकारी संस्था लि.काे २१ओैं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष जनार्दन ठाकुरकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे हाे ।

वि.सं २०५९ सालमा स्थापनाकाे यस संस्थामा हाल सम्म २७६ जना सेयर सदस्यहरु रहेकाे जसमा १६२ जना पुरुष ,११३ जना महिला र अन्य १ जना रहनुभएकाे छ भने ६२ जना बाल बचतकर्ताहरु रहनु भएकाे जसबाट ४५ लाख ९७ हजार ४ सय सेयर पुजी रहेकाे संस्थाका सचिव माेहन पाैडेलले जानकारी दिनुभयाे ।

आ.व २०७९/०८० मा संस्थाले २ कराेड ३० लाख २९ हजार ९ सय ४६ रुपैया बराबरकाे काराेवार गरेकाे छ । जसमा ६ लाख ७७ हजार ४ सय ७ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएकाे काेषाध्यक्ष चन्द्रमणी चाैधरीले जानकारी दिनुभयाे । संस्थाले मासिक बचतकर्ता १ जना,अधिकतम बचत गर्ने बाल बचतकर्ता ३ जना र असल ऋणि १ जनालाई नगद सहित सम्मान समेत गरेकाे हाे ।

आ.व २०७९/०८० काे वार्षिक प्रगति प्रतिवेदन एवम् आ.व २०८०/०८१ काे प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका सचिव माेहन पाैडेलले प्रस्तुत गर्नुभएको थियाे भने आ.व २०७९/०८० काे आर्थिक प्रतिवेदन संस्थाका काेषाध्यक्ष चन्द्रमणी चाैधरीले प्रस्तुत गर्नु भएकाे थियाे ।

साथै छैठौं अधिवेशनबाट अनिल कुमार शर्मा अध्यक्षतामा सर्वसहमत नयाँ कार्य समिति चयन भएकाे छ जसकाे उपाध्यक्षमा चन्द्रमणी चाैधरी,सचिवमा मुक्ति प्रसाद पाैडेल,काेषाध्यक्षमा सुर्यनाथ दास पटेल र सदस्यहरुमा सन्दिप अग्रहरी,विष्णु राना र बिनिता खड्का चयन हुनभएकाे निर्वाचन समिति संयाेजक राज कुमार रेश्मीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २०२३-१२-०३ , समय : १०:२८:१८ , ११ महिना अगाडि