तिलकाना बचत तथा ऋण सहकारीकाे १० ओै वार्षिक साधारणसभा सम्पन्न

कल्पना खरेल , ३०१  पटक हेरिएको

नवलपरासी,मंसिर १६

श्री तिलकाना बचत तथा ऋण सहकारी संस्था लि. सुनवल-६, तिलकाना,नवलपरासी ( पश्चिम ) काे १० ओै वार्षिक साधारणसभा आज सनिवार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष विष्णु बहादुर राेकाकाे अध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाईंकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष हिमलाल शर्मा चापागाईंले यस सहकारीले समाजमा उल्लेख्य भूमिका खेलेकाेमा खुसी व्यक्त गर्दै सदस्यकाे विस्तार गर्दै नयाँ काम र याेजना सहित अघि बढेमा स्थानीय सरकार हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

साथै उहाँले यस सहकारी संस्था कृषि सहकारी संस्थाकाे रूपमा विकास गर्न सकेकाे खण्डमा तिलकाना गाउँकाे कृषि क्षेत्रकाे समग्र विकाशमा अझ महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विचार समेत व्यक्त गर्नुभयाे ।
वि.स. २०६९ सालमा विधिवत रूपमा स्थापना भई संचालित यस सहकारी संस्थामा बस्ती सानाे भएकाले जम्मा सेयर सदस्य १३५ जना रहेकाेमा महिना सेयर सदस्यकाे संख्या बढि रहेकाे संस्थाका अध्यक्ष विष्णु बहादुर राेकाले बताउनुभयाे । उहाँले तिलकाना बचत तथा ऋण सहकारी संस्था,ऋण बचत सहकारी भएपनि पशुपालन र वैदेशिक राेजगारीका लागि बढि लगानी गरिदै आएकाे उल्लेख गर्दै विना धिताे ३ लाख सम्म लगानी गरिएकाे जानकारी समेत दिनुभयाे ।

यस सहकारीकाे कुल पुजी ८९ लाख ५ हजार १ सय ९४ रहेकाेमा सेयर पुजी ५ लाख ६५ हजार ७ सय ५० रहेकाे छ । भने ७४ लाख ६६ हजार ३७ लगानी रहेकाे शुद्व नाफा २ लाख ५७ हजार ३ सय १४ रहेकाे छ । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु बहादुर राेकाले अध्यक्षकाे वार्षिक प्रतिबेदन ,काेषाध्यक्ष जमुना परियारले काेषाध्यक्षकाे प्रतिवेदन ,सचिव जनक मल्लले लेखा समितिकाे प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रूक बहादुर मल्ल र निवर्तमान अध्यक्ष डाेर बहादुर कार्किलाई सम्मान गरिएकाे थियाे भने वाल्मीकि आधारभूत विद्यालयमा कक्षा यू के जि मा अध्ययनरत छात्रा यूनिका पाैडेललाई उत्कृष्ट विद्यार्थीकाे पुरस्कार समेत प्रदान गरिएकाे थियाे । त्यसैगरी व्यवसायीक पशुपालन तालिम लिएका ३५ जना सेयर सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएकाे थियाे ।
संस्थाका उपाध्यक्ष माया पुनकाे संचालन र निवर्तमान अध्यक्ष डाेर बहादुर कार्किकाे स्वागत रहेकाे कार्यक्रममा जिल्ला स्वास्थ संघ लुम्बिनी प्रदेश सदस्य विमल ढकाल ,टाेल विकाश समितिका अध्यक्ष कृष्ण बहादुर थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएकाे थियाे । साधारणसभाले आगामी कार्ययाेजनाकाे सम्बन्धमा छलफल गर्दै पदाधिकारी चयन र संस्थाकाे विधान संसाेधन समेत गरेकाे छ ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : २२:३४:४२ , ११ महिना अगाडि