उर्मिला यादव यात्री , ७९२ पटक हेरिएको
मर्चवार, मंसिर १६
रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर ७ मा अवस्थित श्री बगौली माध्यमिक बिद्यालयमा अनियमितता गरेको पाइएको छ । बिद्यालयका प्रध्यानाध्यापक चन्द्रमणी चौधरी र बिद्यालयका लेखापाल सुधाकर चौधरीको मिलोमतोमा काम नै नगरी लेखापाल चौधरीले आफनो तलब भुक्तानी गरेका छन । आफुले बिद्यालयमा कुनै पनि कक्षामा बिद्यार्थीहरुलाई अध्यापन नै नगराई हाजिरी रजिष्टरमा २ बिषयमा आफुले अध्यापन गराएको भन्दै हस्ताक्षर गरी तलब लिएको त्यहाका शिक्षकहरुले आरोप लगाएका छन । यता लेखापाल चौधरीले आफुले अध्यापन गराए बापत तलब लिएको अडान राखेका छन । श्री बगौली माध्यमिक बिद्यालयमा मर्चवारी ७ बगौलीमा अहिले १७ शिक्षक र १ जना कार्यालय सहयोगी कार्यरत रहेका छन ।
बिद्यालयमा सामाजिक र अंग्रेजी बिषय अध्यापन गराउने शिक्षक मुकेश यादव, र शिक्षक बाबुलाल कुर्मीले अझै सम्म सात महिनाको तलब नपाएको गुनासो गरेका छन । काम गर्दा पनि हामीले तलब पाएका छैनौ उता भने बिद्यालयका लेखापाल चौधरीले काम नै नगरी तलब बुझेको बिद्यालयका शिक्षकहरुको गुनासो छ । बिद्यालयमा प्रअको मनोमानीले शिक्षक र शिक्षिका धेरै समस्यामा रहेको अधिकांश शिक्षक शिक्षिकाको भनाइ छ । कक्षा १२ सम्म रहेको यस बिद्यालयमा शिक्षकको अभावले कक्षा ९ र १० मा बिद्यार्थीहरु बिज्ञान र नेपाली बिषय अझै सम्म पढन पाएका छैनन । एकातिर बिद्यालयमा अनियमितता, अर्काे तिर शिक्षकको अभाव भने यहाको मुख्य समस्या फोहोर ब्यवस्थापन, खानेपानी अभाव लगायत शौचालयको राम्रो ब्यवस्था नहुदा बिद्यालयका बिद्यार्थीहरु बाहिर शौच गर्न बाध्य छन ।
कक्षा १० मा अध्ययन गर्ने बिद्यार्थी परमात्मा मौर्याले बिद्यालयको शौचालयमा जान सक्ने अवस्था नभएको बताएका छन । उनले बिद्यालयमा बिज्ञान, नेपाली , कम्प्युटर, साइन्स ल्याब लगायत बिषय पढाउने शिक्षक नै नभएको र बिद्यार्थीको पढाइ माथि पनि बिद्यालयले सिधै खेलवाड गर्दै आएको गुनासो गरेका छन । बिद्यालयका बिद्यार्थी शिक्षक अभावका कारण एसएलसीको तयारी गर्न नपाएको बताएका छन । बिद्यार्थीहरु यसै बिषयलाई लिएर बिद्यालयमा ताला लगाउनुका साथै मर्चवारी गाउपालिका घेराउ समेत गरेका थिए । बिद्यार्थीहरुले बिद्यालयको प्र.अ परिर्वतन नगरे सम्म बिद्यालयको बिकास हुन नसक्ने गुनासो गरेका छन । अर्काे तिर यस बिद्यालयको गुनासो त्यहाका शिक्षकहरु मिलेर गाउपालिकामा समेत गरेको बताएका छन । तर गाउपालिका यस बिषयमा मौन छ ।
यता बिद्यालय ब्यवस्थापन समितीका निबर्तमान अध्यक्ष प्रवेश यादवले यस बिद्यालयका लेखापाल साउन महिनामा काम नै नगरी हस्ताक्षर गरेर तलब लिएको गुनासो गर्नु भएको छ । बिद्यालयका प्रध्यानाध्यापक र लेखापाल चौधरी दाजुभाई भएकोले मिलोमतोमा बिद्यालय ब्यवस्थापन समितीको सल्लाहबिना नै काम गर्दै आएको यादवको भनाई छ । यादवका अनुसार प्र.अ चौधरीले बिद्यालय ब्यवस्थापन समितीको सहमती बिना नै आफुखुसी तरिकाले आफै बिल भौचरमा हस्ताक्षर गरी काम गर्दै आएका छन । बिद्यालयको हरेक काममा बिद्यालय ब्यवस्थापन समिती संग सल्लाह नै नगरी काम गर्दै आएकोले बिद्यालय यो अवस्थामा पुगेको यादवको भनाई छ ।
बिद्यालयको बिषयमा यस बिद्यालयका प्रध्यानाध्यापक चन्द्रमणी चौधरीले खानेपानी लगायत शिक्षक ब्यवस्थापन समस्या भए पनि समस्या समाधानका लागी बिद्यालय सकरात्मक सोचका साथ अघि बढने बताउनु भएको छ ।
यता मर्चवारी गाउपालिकाका अध्यक्ष गया प्रसाद बरइले बिद्यालयमा भएको अनियमितता बारे आफुलाई जानकारी नभएको बताउनु भएको छ । बिद्यालयमा भएको बिवाद बारेआफुले दुबै पक्षलाई बोलाएर छलफल गराएको र लेखापालले काम नै नगरेको बिषयमा पनि हस्ताक्षर गरेर आफुले १० हजार तलब लिएको पालिकामा स्वीकार गरेको अध्यक्ष बरइले बताउनु भएको छ । यस्तै गरी गाउपालिका अध्यक्ष बरइले मंसिर ७ गते मात्र बिद्यालयबाट शिक्षक दरबन्दीका लागी गाउपालिकामा निबेदन आएकोले बिद्यालयमा रहेको शिक्षक अभावलाई मंसिर १७ गते आइतबार भित्रमा शिक्षकको ब्यवस्थापन गर्ने बताउनु भएको छ । बिद्यालयका शिक्षक बिच नै आपसी द्धन्द्ध रहेको गुनासो गर्दै गाउपालिका अध्यक्ष बरईले बिद्यालयको समस्या समाधानका लागी आफुले पटक पटक निर्देशन दिएको बताउनु भएको छ । बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिद्यालय भित्र मोबाइल चलाउन नपाउने बताउदै यस्तो कुनै शिक्षकले गरेमा नाम सहित गाउपालिकामा जानकारी गराउन बिद्यार्थी हरु संग आग्रह गर्नु भएको छ । यस्तो पाइएमा त्यस्ता शिक्षकलाई गाउपालिकाले कारवाही समेत गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । बिद्यालयको बिकासको लागी गाउपालिका बजेट मात्र बिनियोजन गर्ने र यसको ब्यवस्था त्यहाको ब्यवस्थापन समितीको रहेको बताउनु भएको छ ।
गाउपालिकाले बिद्यालयको बिकासको लागी तीन लाख रुपैयाको सिसिटिभी क्यामरा जडान लागी बजेट बिनियोजन गरे पनि त्यो काम नै नभएको गुनासो गर्नु भएको छ । यस्तै गरी वडाबाट ५ लाख रुपैया चर्पी ब्यवस्थापनका लागी बजेट बिनियोजन गरे पनि बिद्यालयको ब्यवस्थापन समितीले काम नै नगरेको गुनासो छ । गाउपालिकामा बिद्यालय निरीक्षक नै नहुदा शिक्षा क्षेत्रमा मर्चवारी गाउपालिका कमजोर देखिएको छ । गाउपालिकामा शिक्षा सम्बन्धी नितीनियम कार्य बिधि नै नहुदा बिद्यालयहरुमा मनोमानी भैरहेको स्थानियहरुको आरोप छ ।
प्रकाशित मिति: २०२३-१२-०२ , समय : १४:४५:०९ , १२ महिना अगाडि