रुपन्देही खबर , २१४ पटक हेरिएको
मर्चवार, मंसिर १५
रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री बगौली माध्यमिक विद्यालय बगौलीमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। पठनपाठन नभएको भन्दै विद्यार्थीहरू तालाबन्दी गरेका हुन्।
विद्यालयको दुईवटा कार्यालय र मुलगेटमा तालाबन्दी गरी आज विहानैदिखि पठनपाठन ठप्प गरेका छन्। ’ हाम्रो एसईई परीक्षा नजदीकिदै अवस्था छ तर पढाई राम्रोसंग भएको छैन ’ कक्षा १० का एक विद्यार्थीहरूले बताएका छ्न । कक्षा ९ र १० मा आज सम्म बिज्ञान र नेपाली विषय्को पढनपाठन नभए पछि विद्यार्थीहरुले ताला बन्दी गरेका हुन । विद्यार्थीहरूले तालाबन्दी गरी मर्चवारी गाउँपालिकाको कार्यालयमा समेत पुगेका थिए । २ वटा कार्यालयमा ढोकामा लगाउने ताला र मुल गेटमा साइकिलमा लगाउने ताला लगाइएको छ ।
घटना लगत्तै विद्यालयमा पुगेका मर्चवारी ७ का वडाध्यक्ष गणेश चौधरीले तालाबन्दी हटाई अध्यापन कार्य सुरू गराऊन प्रयासरत रहेको बताउनु भएको छ । फिल्डमा घुमिरहेको विद्यार्थीहरूलाई कक्षा कोठा ब्यवस्थापन गरी शिक्षकहरूलाई कक्षाकोठामा पठाई अध्यापन कार्य सुरू गराईरहेको बताउनु भयो । तालाबन्दी गरेका विद्यार्थी र विद्यालय विच छलफल गराई समस्या समाधान गर्ने वडाध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।
विद्यालयमा शिक्षकको अभावलाई पुर्ती गर्ने प्रयासरत रहेको विद्यालयको प्रधानाध्यापक चन्द्रमणि चौधरीले बताउनु भयो उक्त विद्यालयमा करीब १५ सय विद्यार्थी रहेका छ्न । विद्यालयमा १६ शिक्षक र एक कार्यालय सहयोगी छ्न । बिद्यालयको प्राध्यापकको लापरबाहीले त्यहा शिक्षकहरुले अझै सम्म पनि तलब पाउन नसकेको शिक्षकहरुको गुनासो छ । यता बिद्यालयका प्र. अ चौधरीले आफु विद्यार्थीहरूको भविष्य प्रति सम्वेदनशील रहेकोे बताउदै तालाबन्दी नै समस्याको समाधान नरहेको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-१२-०१ , समय : १३:३७:४६ , १२ महिना अगाडि