मर्चवारमा पेट्रोल छर्केर गरीयो मुरावको हत्या

उर्मिला यादव यात्री , १३६६  पटक हेरिएको

मर्चवार, मंसिर १५

रुपन्देहीको मर्चवारमा पेट्रोल छर्केर एक जनाको हत्या गरीएको छ । मर्चवारको कोटहीमाई गाउपालिका वडा नम्बर ६ हर्दीका १९ बर्षिय देवीदिन मुरावको हत्या गरीएको परिवाको आरोप छ । गत मंसिर ५ गते साझको समयमा एक आपसमा बादबिवाद हुदा मुरावलाई कुटपीट गरी पेट्रोल छर्केर हत्या गर्ने प्रयास गरीएको थियो । जलेर घाइते भएका मुरावको मंसिर ७ गते भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार देवीदीन मुराव र कोटहीमाई–४ बरहदवा बस्ने २२ वर्षिय मदन सहानी र उनकै भाइ २० वर्षिय सदन सहानीसँग विवाद भएपछि उक्त घटना भएको हो ।

देवीदीनले मदन सहानीको मोटरसाइकल मर्मत गरेको र सोही मर्मत गरेको रकम माग्दा विवाद उत्पनन भएपछि यो घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ । उहाका अनुसार घटनाको बिषयमा मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्दहीका उजुरी गरेपछि मदन सहानीलाई प्रहरीले मंसिर ६ गते पक्राउ गरेको थियो । घटना शंकास्पद रहेकोले मदन सहानीलाई हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भटटले जानकारी दिनु भएको छ । मृतक मुराव कोटहीमाई गाउँपालिका–७ स्थित हर्दीचोकमा पसल सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति: २०२३-१२-०१ , समय : ०९:०५:११ , ११ महिना अगाडि