लायन्स क्लब अफ कञ्चन द्धारा संचालित निशुल्क सुगर परिक्षण शिविर सम्पन्न

रुपन्देही खबर , ३००  पटक हेरिएको

कञ्चन,मंसिर १२

लायन्स क्लब अफ कञ्चनले कञ्चन ३ मलावारदेबीमा १ दिने निशुल्क सुगर परिक्षण शिविर सम्पन्न गरेको छ । लायन्स क्लब अफ कञ्चन, लायन्स क्लब अफ कञ्चन लेडी र लियो क्लब अफ कञ्चनको संयुक्त आयोजना शिविरमा २०० जनाको सुगर परिक्षण गरिएको छ ।उक्त शिविरमा बोल्दै सस्थाका अध्यक्ष गणेश आचार्यले लायन्स सदैव सेवामा समर्पित संस्था भएकाले पछिल्लो समय अधिक बढिरहेको सुगर रोगबारे गरिएको शिविर भएको बताउनुभयो । स्वास्थ्य शिविर जस्तो कार्यक्रमले धेरै मानिसको स्वास्थ्य अवस्था पत्ता लगाउन सघाउने भएकाले यस क्लबले कार्यक्रम गरेको बताउदै उँहाले क्लबले अझ थप सामाजिक कार्यमा लागेर काम गर्ने प्रतिबद्ता व्यक्त गर्नु भयो ।

क्लबका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लियो क्लब अफ कञ्चनका अध्यक्ष सन्तोष कंडेल, वडा न ३ का वडा अध्यक्ष टिकाराम सापकोटाको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा लायन्स, लियो र लेडि लायन्सका मेम्बरहरु लगायतको उपस्थिती रहेको थियो । सुगर परिक्षण कार्यक्रम सम्पन्न गर्न श्रीङ्गेश्वर हेल्थ किल्निक कञ्चन ५ पिपरीचापाको विशेष प्राविधिक सहयोग रहेको थियो । कार्यक्रमको संचालन लियो सचिव गोविन्द आचायले गर्नु भएको हो । रुपन्देहीको कञ्चन ४ पुर्तीघाट बजारमा भोली मङ्सिर १३ गते बिहान १० बजे निशुल्क मोतिया बिन्दुको परिक्षण तथा शल्यक्रिया कार्यक्रम समेत आयोजना गर्ने क्लबले जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-२८ , समय : २०:३७:४५ , ११ महिना अगाडि