उर्मिला यादव यात्री , ८७९ पटक हेरिएको
भैरहवा, मंसिर १०
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता लैङ्गिक हिंसा विरुद्ध नागरिक अभियान २०८० हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शनिबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । संचारिका समुह नेपाल लुम्बिनी प्रदेश र साहसिक कदम नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा समेत शनिबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरीएको छ । अभियानको बुटवलमा उदघाटन गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले परनिर्भता जब सम्म कायम रहन्छ तब सम्म आत्मनिर्भर बन्न नसक्ने भएकोले आत्मनिर्भर नभए सम्म लैङ्गिक हिंसा अन्त्य हुन नसक्ने दाबी गर्नु भएको छ । उहाले भगवान गौतमबुद्धको पवित्र जन्मभूमिमा बसेका हामी बुद्धका सन्तान भएकाले उहाँको मूल मन्त्र ‘अप्प दीपो भव’ अर्थात आफ्नो दीप आफै बन्नुपर्ने बताउनु भएको छ । उहाले कोही पनि हिंसामा नपरोस र यदि कोही हिंसामा परेका छन भने जागरुकता अभियानका माध्यमबाट पनि हिंसाको अन्त्य गर्न सकिने बताउनु भएको छ ।
उहाले महिला हिंसा अभियानका कार्यक्रम होटल तथा रेष्टुुरेन्टमा मात्र नभई रुपन्देहीको मर्चवारमा गर्न समेत आग्रह गर्नु भएको छ । उहाले महिला बिरुद्धको अभियान मर्चवारमा संचालन गर्नुपरेमा प्रदेश सरकारले बजेट बिनियोजन गरेर सहयोग प्रतिबद्धता समेत गर्नु भएको छ । मन्त्री पाण्डेयले महिला हिंसा बिरुद्धको अभियान संचालन गर्दा जागरुक भएका महिलाहरु मात्र सहभागी हुने भएकोले जहा जागरुकता छैन त्यहा यो अभियान संचालन गर्नुपर्ने जोड दिनु भयो । उहाले बिकट क्षेत्रमा यस्ता कार्यक्रम भए आफनो सहभागिता मात्र नभई लगानी समेत रहने प्रतिबद्धता समेत गर्नु भएको छ । हिंसा आफैमा एउटा नकरात्मक शब्द हो । यसलाई त्याग्नु भनेको महिला हिंसा मात्रै होइन हरेक हिंसाको अन्त्य हुनु हो गृहमन्त्री पाण्डेले भन्नु भयो । कुटनु, पिटनु मात्रै हिंसा होइन कसैलाई बाणीको मार्फत पिडा दिनु पनि हिंसा हो ।
हामीले सकरात्मक सोचका साथ अगाडी बढे पनि हिंसामा केही भए पनि कमी हुने बताउनु भयो। उहाले महिलाले आरक्षण माग्दा आफनो अधिकार बाट बन्चित हुनु परेको बताउनु भएको छ । उहाले महिलाले आरक्षण होइन प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ । जसमा पार्टीको सहयोग आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाले लैङ्गिक हिंसा विरुद्ध नागरिक अभियान २०८० हाम्रो प्रतिवद्धता भन्ने नारालाई प्रदेशको कानुनमा समाबेश गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले हरेक तहमा तथा जनताले नै जिताएकोले उनीहरुको लगानी रहेकोले नेताहरुबाट देश बिकास लगायत अन्य काम गराउन सक्ने क्षमता जनतामा पनि हुनुपर्ने जोड दिनु भयो । उहाले समाज बिकास र परिर्वतनका लागी आफु सक्रिय भएर काम गरीरहने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै साहसिक कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक रानाले समाजमा हुने हरेक नागरीक समान रहेको बताउनु भएको छ । उहाले हामी लैङ्गिक हिंसा विरुद्ध र महिला हिंसा बिरुद्धको कुरा गरे पनि महिला हिंसा हामी आफैले उत्पन्न गरेको बताउनु भएको छ । उहाले नेपाली महिलाहरुको बानी गफ गर्ने मात्रै भएकोले समाजमा समस्या उत्पन्न भएको बताउनु भयोे । उहाले हामी नेपाली महिला र दाजुभाईले गफ होइन कुरा गर्ने बानी बसाल्नुपर्ने बताउनु भएको छ । गफको कुनै अर्थ ,निष्कर्ष र निचोड नहुने भएकोले कुराको अर्थ, निष्कर्ष र निचोड हुने भएकोले यसले समाजमा सकरात्मक भुमिका खेल्ने बताउनु भएको छ ।
यस्तै गरी संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान के हो ,यसको सुरुवात कसरी भयो ,यसको उदेश्य लगायत सेतो रिबन अभियान, लैङ्गिक हिंसा, रुपन्देहीमा यसको अवस्था लगायतको बिषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा एकल महिला समुह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्याल, ओरेक नेपालका संयोजक झरना अर्याल, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका बाणिज्य उपाध्यक्ष बिमल राज भटटराई, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडासदस्य माया दर्नाल लगायतले बोल्दै लैङ्गिक हिंसाको अन्त्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता साहसिक कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक रानाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-११-२६ , समय : १२:४७:२८ , १२ महिना अगाडि