रमेश भुसाल , ३६३ पटक हेरिएको
नवलपरासी, जेठ २२
उद्योग वाणिज्य संघ सुनवलले सुनवल नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
नगरप्रमुख विमला अर्यालले हरेक विकासका काममा सकारात्मक सोचका साथ अगाडि बढने बताउनु भएको छ । साथै सुनवलबासीको राय सल्लाह सुझावसहित नदिजन्य पदार्थको दिगो व्यवस्थापन र कर निर्धारणको सम्बन्धमा विज्ञसँग बृहत छलफल गरेर अगाडि बड्ने भन्दै सबै संघ सस्थाहरुलाई संरक्षण गर्ने ऐन निर्माण गर्ने बताउनु भयो ।
जनप्रतिनिधिहरुको स्वागत तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष कर्माचार्यले उद्योग बाणिज्य संघ सुनवल सहकार्य गरेर अगाडि बड्न तयार रहेको बताउनु भएको छ । साथै सुखी सुनवल समृद्धि सुनवलबासी गराउन सबै जिम्मेवार पूर्वक लाग्नु पर्ने बताउदै करको दायरा बढाउन समेत स्थानीय सरकारलाई अध्यक्ष कर्माचार्यले आग्रह गर्नु भएको छ ।
त्यस्तै संघका बाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले नगरभित्र दर्ता नभइ सञ्चालमा रहेका व्यवसायलाई दर्ता गराई करको दायरा बडाउन पर्ने बताउनु भयो । सो अवसरमा वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण प्रसाद बगाले, लक्षमी स्टिल प्रा.लि का दामोदर पौडेल, उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष राम बहादुर क्षेत्री, सचिव इश्वरी भण्डारी लगायतले मन्तव्य राखेका थिए।
प्रकाशित मिति: २०२२-०६-०५ , समय : १४:१०:२४ , २ वर्ष अगाडि