तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु

दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : चन्द्र भण्डारी

रुपन्देही खबर , २७७  पटक हेरिएको

तिलोत्तमा,मंसिर १

तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आज मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० शुरु भएको छ।

सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. चन्द्र भन्डारीले गर्नु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै सभासद भण्डारीले निकै दु:ख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकेको बताउनु भएको छ । उहाले जनताको पहुच सरकार पुर्‍याउन बनाएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आईरहेको बताउनु भएको छ । राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उल्लेख गर्नु भएको छ ।

उनले देशको यही अवस्थाकाकारणले नेपाली बिदेशिने क्रम बढेको बताउँदै यसलाइ रोक्न आवश्यक रहेकोमा जोड दिए। उनले नेपालमा कर्मचारी तन्त्र तथा हरेक क्षेत्रमा प्रफम बढाउदै, रिफर्म तथा ट्रन्सफर्म आवश्यक रहेकोमा जोड दिए

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सरकार जनतालाइ दुख पर्दा बोल्नु पर्ने बताउदै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए। उनले आफुले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि१६ प्रतिसत बैक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा हामी त्यसको बिरोधमा उत्रीने प्रतिबद्धता ब्यक्त गरे।

उहाले देश लुट्ने थलो बनेको आरोप लगाउदै प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताउनु भएको छ । उहाले नेपालका नेता खराब नभएपनी नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्त्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको बताउनु भएको छ ।

भण्डारीले नेपालमा किसानहरुले फुल लगाउने समयमा लगाएपन बेच्ने बेलामा बाहिरबाट आएको फुलले बजार खादा नेपाली उत्पादनले बजार नपाएर फुल फाल्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाले यसको बारेमा सरकार सचेत हुन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराउनु भएको छ । रुपन्देही सबैभन्दा बसाइसराई भएर आएको ठाउँ भएको बताउदै सबैलाइ ब्यवस्थापन गर्नुपर्ने चुनौती थपिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको जोड दिनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पूग्ने बताउनु भएको छ । पूर्व स्वास्थ राज्यमन्त्री समेत रहेका उहाले नेपालका दक्ष जनशक्ति बिदेश गईरहनु निकै दु:खद भएको बताउदै यसलाई रोक्नुपर्ने बताउनु भएको छ।

कार्यक्रममा मेला स्थल जग्गाधनी मुक्ती पाठकले मेलाले तिलोत्तमा क्षेत्रका ब्यवसायीलाई आर्थिक चलायमान बनाउन सहयोगी बन्ने बताउनु भयो ।

जिल्ला समन्वय समिति संयोजक उमाकान्त चपाईले युवालाई स्वदेशमा नै रोक्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले यसमा सबैले ध्यान पूर्‍याउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आर्थिक मन्दीको यस समयमा मेला आयोजना हुनु सकारात्मक रहेको बताए। उनले मेलाको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले महोत्सव सफल बनाउन आग्रह गर्नु भएको छ । उहाले सामान्य मेला जस्तो देखिएपनि यो मेलाको निकै महत्त्व रहेको बताउदै मेलाले रोजगार सिर्जना गर्दै आर्थिक चलायमानमा सहयोग गर्ने उल्लेख गर्नु भयो । उहाले मेला लगाउन स्थायी संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेल प्रसाद शर्मा, जनमोर्चा नगर अध्यक्ष हर्क बहादुर टण्डन, तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रे , मेला सह आयोजक सस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सहआयोजक सस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले बोल्नु भएको थियो ।

मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी गरि ११९ टोलि सहित प्रभात फेरि कार्यक्रम भएको प्रकाशन, जनचेतना र्याली श्रब्य दृष्य ब्यवस्थापन समितिका संयोजक हरिलाल पान्डेले जानकारी दिनु भएको छ ।

प्रभात फेरि कार्यक्रम मेला सचिवालय बाट कफि कम्पनी, मणिग्राम चोक, कृमसन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन हुनेर उत्कृष्ट झाकी प्रदर्शन गर्ने समुहलाइ पुरस्कार प्रदान गरिएको थियो।

थारु सास्कृतिक मयुर नाच बुटवल १९ प्रथम भएको छ भने श्रीकृष्ण युवा क्लब तिलोत्तमा १२ तुकतुकिया द्वितीय, तिलोत्तमा बहुमुखी सहकारी सस्था तिलोत्तमा २ तृतीय र मिलन आमा समुह तिलोत्तमा १४ टिकुलिगढ र जागृति आमा समूह तिलोत्तमा ५ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताउनु भएको छ ।

प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिनु भएको छ ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बताउनु भयो ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्किले बताउनु भयो ।

मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले बिश्वास लिएको सचिवालय तथा मंच ब्यवस्थापन समिति संयोजक ज्ञानेन्द्र कार्किले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-११-१७ , समय : २०:४९:४९ , १ वर्ष अगाडि