रुपन्देही खबर , २६० पटक हेरिएको
मर्चवार,कार्तिक २१
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको कार्यालयले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पपीडितहरुको राहत तथा पुर्नस्थापन लगायत कार्यका लागि ५ लाख बराबरको सामाग्री सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताउनु भएको छ ।
कार्तिक १७ गते शुक्रबार राती ११:४७ बजेको समयमा गएको भुकम्पले बढी क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितहरुका लागि विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार ५ लाख रुपैयाँको सहयोग सामग्री प्रदान निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरीले जानकारी दिनु भएको छ ।
त्यस्तै बैठकले गाउँपालिकाका जनप्रतिनिधिले १० दिनको सुविधा र कार्यालयमा कार्यरत कर्मचारीहरुले १ दिन बराबरको पारिश्रमिक जिल्लाको विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराउने निर्णय गरेको उहाले जानकारी दिनु भयो । भुकम्पले मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२३-११-०७ , समय : ०६:०८:३९ , १ वर्ष अगाडि