रुपन्देही खबर , २७३ पटक हेरिएको
धकधई, कार्तिक २०
गत शुक्रबार मध्य रातिको भूकम्पबाट तहसनहस बनेको जाजरकोट र रूकुम पश्चिमलाई रूपन्देहीको रोहिणी गाउपालिकाले ४ लाख बराबरको राहत सामाग्री प्रदान गर्ने जनाएको छ । आइतबार बसेको रोहिणी गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त रकम बराबरको राहत सामाग्री प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै गरी बैठकले भूकम्पमा परी जाजरकोट र रुकुममा अहिले सम्म ज्यान गुमाएका व्यक्तिहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण समेत गरेको छ । यता गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने बताउनु भएको छ । भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने जानकारी दिनु भएको छ ।
भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गर्दै भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: २०२३-११-०६ , समय : १२:१०:११ , १ वर्ष अगाडि