रुपन्देही खबर , २३२ पटक हेरिएको
भैरहवा,कार्तिक १७
ओमसतिया गाउँपालिकाले पालिका भित्रका अपाङ्गता भएका ब्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच ओमसतिया गाउँपालिकामा एक कार्यक्रमको बिच ९ जनालाई परिचय पत्र प्रदान गरिएको हो । ९ जना मध्ये ५ जनाले निलो एवम २÷२ जनाले क्रमशः पहेलो र रातो परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मला पाण्डेले जानकारी दिनु भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीका अनुसार अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐनको अनुसुचीमा प्रकृतिका आधारमा अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरिएको छ । सोही ऐनको अनूसुचीमा गाम्भिर्यताको आधारमा गरिएको वर्गीकरणलाई ४ समूहमा परिचय–पत्र उपलब्ध गराउने गरिएको उहाले बताउनु भएको छ ।
पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई रातो, अति अशक्त अपाङ्गता भएको ब्यक्तिलाई निलो, मध्यम अपाङ्गता भएकालाई पहेलो एवम सामान्यय अपाङ्गता भएकालाई सेतो रङ्गको परिचय पत्र प्रदान गर्ने गरिएको छ । पालिकामा रहेका यस्ता अपाङ्गता भएका ब्यक्तिको पहिचान गरि उनिहरुलाई चिकित्सकले प्रमाणित गरेको आधारमा वर्गीकरण गर्ने गरिएको क्षेत्रीले बताउनु भयो ।
अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिको संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले पूर्ण अशक्त एवम अति अशक्त अपाङ्गहरुलाई उनिहरुकै घरमै पुगेर परिचय पत्र वितरण गर्ने गरिएको बताउनु भएको छ । यसरी प्राप्त भएको परिचय पत्रले उनिहरुलाई उपचार देखि सामाजिक सुरक्षा भत्ता लगायतको निर्धारण हुने गरेको चौधरीले जानकारी दिनु भएको छ । आफ्ना टोल छिमेकमा रहेका अशक्त एवम अपाङ्गको बारेमा पालिकालाई जानकारी दिई उनिहरुलाई सहयोग गर्न पनि चौधरीले अनुरोध समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२३-११-०३ , समय : १९:०६:२५ , १ वर्ष अगाडि