रुपन्देही खबर , २७९ पटक हेरिएको
मर्चवार, कार्तिक १३
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सम्मरीमाई गाउँपालिका वडा नम्बर –६ डिहुली र दयानगरको बिचमा एक हतियारधारी अज्ञात समुहले आज साढे ५ लाख रुपैया लुटेर लगेका छन् । भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका २ जना लुटेराले भैरहवा देखि रायपुर जादै गरेको गल्ला व्यापारी श्रीप्रकाश बरई (प्रकाश बरई) लाइ पेस्तोल देखाई उक्त रकम लुटेर लगेका हुन् । श्रीप्रकाश बरई मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुरका हुन ।
मर्चवारी गाउँपालिका अध्यक्ष समेत रहेका पिडितका दाजु गया प्रसाद बरईका अनुसार “भैरहवाको नबिल बैंकबाट रकम निकालेर घर फर्किने बेलामा रकम लुटिएको हो ।” “अज्ञात लुटेराले मोटरसाईकलमै रहेका भाईलाई पेस्तोल तेस्र्याई साढे ५ लाख लुटेका छन् ।”उहाले भन्नु भयो । मर्चवारमा लुटको घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टले पनि पुष्टि गर्नु भएको छ । “मर्चवारमा साँझ करिब साढे ६ बजे लुटको घटना भएको खबर आएको छ ।” भट्टले भन्नु भयो “हुलियाको आधारमा आरोपीहरुको खोजीकार्य भैरहेको र प्रहरी परिचालन समेत गरी अनुसन्धान कार्य भैरहेको भट्टले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-१०-२९ , समय : २१:५९:३८ , १ वर्ष अगाडि