रुपन्देही खबर , ४६९ पटक हेरिएको
बेइजिङ,कार्तिक १०
चिनियाँ कम्युनिष्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री ली खछ्याङको शुक्रबार साङ्घाईमा निधन भएको छ । उहाको हृदयघातबाट निधन भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । उहा ६८ वर्षको हुनुहुन्थ्यो । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आउनु भएको थियो ।
ली चीनको आर्थिक विकासका एक दूरदर्शी नेता मानिनु हुन्थ्यो । दुई कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री रहँदा लीले निजी क्षेत्रको अर्थतन्त्र प्रवद्र्धन र विदेशी लगानी भित्राउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-१०-२७ , समय : ०९:०१:३६ , १ वर्ष अगाडि