जनमत पार्टीका केन्द्रीय सचिव यादवको कारवाही फिर्ता, पार्टीका नेता तथा कार्यकर्ताद्धारा स्वागत तथा सम्मान

जनताको आशा र भरोसा टुटन नदिने यादवको प्रतिबद्धता

रामभवन मौर्या , ३४८  पटक हेरिएको

भैरहवा, कार्तिक ४

जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको कारवाही फिर्ता भएको छ । यादवको कारवाही फिर्ता भएसंगै पार्टीका नेता तथा कार्यकर्ताले शनिबार भैरहवामा स्वागत तथा सम्मान गरेका छन । उहाले पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के. राउत लगायत नेता–कार्यकर्ताले यादवको कारवाही फुकुवा गरेको भन्दै सबैलाई धन्यवाद दिनु भएको छ ।

उहाले आफुलाई भएको कारवाही एउटा दुर्घटना भएको बताउदै आफु तीन महिनाको लागी निलम्बित भए पनि पुन सक्रिय भएर जनताको माझ आएको बताउनुु भएको छ । उहाले आगामी दिनमा नेता, जनताको आशा र भरोसा टुटन नदिने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले मर्चवारको बिकासको लागी एक कर्मठ नेताको आवश्यकता भएकोले आफु मर्चवारको जनाताको साथमा आफु रहेको बिश्वास दिलाउनु भएको छ ।

रुपन्देही निवासी नेता यादवलाई जनमत पार्टीले पार्टी भित्र गुटबन्दी गरेको भन्दै केन्द्रीय अनुशासन समितिले गत साउन ३ गतदेखि पार्टीको केन्द्रीय सचिवालयबाट निलम्बन गरेको थियो । उहा गत २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : २१:०१:३८ , १ वर्ष अगाडि