कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

धनी राम कोरी , ६६५  पटक हेरिएको

कपिलवस्तु , जेठ २२

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । शनिबार साझ चिरही खोलामा माछा मार्न गएका बिजयनगर गाउपालिका वडा नं का ४५ वर्षिय जोक बहादुर खन्गाहाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी नायव उपरीक्षक विजयराज तिमल्सीनाले जानकारी दिनुभयो ।

 

खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए। खन्गाहाकाे शबलाई पोस्टमार्टमका लागि बहादुरगंज लगिएको प्रहरीले जनाएको छ । शबलाई पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने ईलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।

 

प्रकाशित मिति: २०२२-०६-०५ , समय : ०९:२६:३४ , २ वर्ष अगाडि