बझाङमा हराएको माेवाईल प्रहरीले खाेजतलास गरि हस्तान्तरण गर्‍यो

उत्तमकुमार थापा , ८७१  पटक हेरिएको

बझाङ , जेठ २२

 

बझाङ जिल्लाको सुर्मा गाउँपालीका वडा नम्बर ४ थकुनडाडा घर भएका प्यारी बाेहराकाे माेवाईल हराएको थियाे । हाल सदरमुकाम चैनपुरमा बसाेवास गर्दै आउनुभएका सुर्मा गाउँपालीका वडा नम्बर ४ थकुनडाडा घर भएका प्यारी बाेहराकाे माेवाई हराएको भन्दै वडा प्रहरी कार्यालयमा यहि जेठ २१ निवेदन दिनुभएको थियाे ।

 

निवेदनकाे आधारमा प्रहरीले खाजतलास गर्दा जयपृथ्वी नगरपालिका वडा नम्बर १०काे सुर्मा टाेलमा वडा प्रहरी कार्यालय बाट खटिएको टाेलीले फेला पारेको डिएसपी ज्ञान बहादुर बिष्टले बताउनु भएको छ । महङ्गो माेवाईल रेडमी १० प्राे २६ हजार ५ सय मुल्य परेकाे माेवाईल पाएपछि हस्तान्तरण गरिएको हाे ।

 

यहि जेठ २१ गते राति करिब ८:३० बजे हराएको माेवाई प्रहरीले फेला पारी आज २२ गते वडा प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी सहायक निरिक्षक हरिशराज पन्तले हस्तान्तरण गर्नुभएको हाे । हस्तान्तरण गर्दै उहाँले प्रहरी मेराे साथी मुस्कान सहितको प्रहरी लगायत कार्यक्रम प्रभावकारी भएको पाइएको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-०६-०५ , समय : ०८:५०:१४ , २ वर्ष अगाडि