सागर र श्रृजनाले गरे प्रगतिशील बिवाह

रुपन्देही खबर , ३०३  पटक हेरिएको

बुटवल, असोज २७

क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालका श्रृजना र सागरले एक कार्यक्रमका बिच शुक्रवार प्रगतीशिल बिवाह गरेका छन। समाजवादी क्रान्तीलाई अझ उचाईमा पुर्याउन र पुँजीवादी चरित्रका बैवाहिक संस्कारलाई अन्त्य गर्न प्रगतीशिल बिवाहको बाटो रोजेको नव दम्पत्ती सागर र श्रृजनाले बताएका छन।

क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय कार्यलय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज प्रमोदले बिवाह संस्कार नियमित प्रक्रृयाको एक प्राकृतिक चक्र भएको बताउदै पुरानो संरचना भत्काएर नयाँ संरचनाको पुनः निर्माण भएको उल्लेख गरेका छन। पार्टीका इमान्दार कार्यकर्ताले पार्टीको अुनशासन र संगठनको जिम्मेवारीलाई समेत अवलम्बन गर्दै दुबैको दाम्पत्य जिवनमा कुनै पनि दरार आउने कृयाकलाप नआउन दुबैमा बिश्वास र अनुशासन अपरिहार्य रहेको नेता प्रमोदले बताएका छ्न ।

नव दम्पती श्रृजना र सागरलाई बैवाहिक जिवनको शुभकामना दिदै नेता प्रमोदले विवाह पश्चात आफुमात्र नभई समाजलाई समेत समाजवादी क्रान्तीको बाटोमा डोर्याउन दुबैको सहयात्रा अझ अव्वल बन्ने कुरामा बिश्वास ब्यक्त गर्दै बिवाश पुर्व पार्टी प्रति भएको कटिवद्धता बिवाह पश्चात पनि निरन्तर रुपमा अघि बढ्न अझ उत्प्रेरणा प्राप्त हुने बिचार ब्यक्त गर्नु भयो।

क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालका रुपन्देही इन्चार्ज तिलक पुन, ४ नम्वर प्रदेशका इन्चार्ज रुपा बुढा, निमकला पुन, गुल्मी इन्चार्ज गर्जन लगायतले आफुलाई कम्युनिष्ट दावी गर्नेहरुले समेत समाजलाई आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा बिग्रह ल्याउने पुँजीवादी चरित्रलाई अझ मलजल दिनेगरी भड्किलो विबाह संस्कारलाई बढवा दिनुले भन्दा कम्युनिष्ट भनिएपनि कम्युनिष्ट आचरणबाट रुपान्तरित हुन नसक्नु सांस्कृति चेतनाको अभाव सावित भएको बताएका छन। क्रान्ती अर्थात परिवर्तन सहजै नहुने भएकोले क्रान्तीका हरेक चरणहरुलाई पार गर्नु सामान्य सोंच र योजनाले नहुने भएकोले कुनै पनि क्रान्तीमा नयाँ उभार ल्याउन असल र बिश्वासयोग्य सहयात्री आवस्यक पर्ने भएकोले सृजना र सागरको दाम्पत्य जिवन
पनि त्यसैको एक शिलशिला भएको वक्ताहरुले बताएका छन।
नव दम्पत्ती सृजना र सागरले प्रतिवद्धता जाहेर गर्दै पार्टीले समाजवादी क्रान्तीको आन्दोलनलाई अगाडी बढाउन दिएको जिम्मेवारीलाई दुबैको सहयात्राले हरेक कठिनमोडहरुमा समेत आत्म विश्वास र उच्च मनोवलका साथ अघि बढ्नमा सहजता प्राप्त हुने बताए। राम्रो र झपक्क गरगहनाले सजिएर भन्दा सामान्य जिवनशैलीबाटै जिवनको नियमित प्रकृया अन्तर्गतको बैवाहिक जिवनलाई आत्मसाथ गर्न सकिन्छ भन्ने समाजमा उदाहरण प्रस्तुत गर्ने उद्धेश्यका साथ पार्टी र दुबैको आपसी समझदारीका साथ बिवाह गर्ने शैलीलाई अवलम्बन गरिएको नवदम्पत्ती श्रृजना र सागरले बताएका छ्न ।
क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपाल, गुल्मीको आयोजनामा भएको उक्त प्रगतीशिल बिवाह घोषणा कार्यक्रम पार्टीका गुल्मी सह इन्चार्ज अर्जुन तरामुले समेत शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। बुटवल स्थित होटल सनराइजमा भएको कार्यक्रममा प्रगती रानाले संचालन गरेका थिए।

प्रकाशित मिति: २०२३-१०-१४ , समय : ०६:३४:३० , १ वर्ष अगाडि