देशको हरेक समस्याको समाधान सरकारले मात्र गर्न सक्ने : पुर्व सांसद शाह

उर्मिला यादव यात्री , २९५  पटक हेरिएको

भैरहवा, असोज २२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद भरत कुमार शाहले नेपालमा कृषि देखि शिक्षा स्वास्थ्य लगायत हरेक क्षेत्रमा समस्या रहेको बताउदै यसको समाधान पार्टीले होइन सरकारले मात्र गर्न सक्ने दाबी गर्नु भएको छ । उहाले हामी सरकारमा छौ , सरकारका मान्छेले गर्ने हो । पार्टीका मान्छेले सहयोग गर्ने बातावरण मात्रै बनाउने हो । सरकारले पुरा गर्दैन भने पार्टीले शासन गरे पनि चुनाव जित्न नसक्ने बताउनु भयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति, क्षेत्र नम्बर ३ रुपन्देहीले आज सोमबार भैरहवामा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा शाहले सरकारले राम्रो काम गर्छ गर्दैन त्यसको खोजीनिती जनताले गर्नुपर्ने बताउनु भएको छ । उहाले भन्नु भयो पार्टीले केहि दिन सक्दैन , राम्रो बजेट बनाएर किसानको मलखाद दिन सक्छ , किसानलाई कुनै सहुलियत दिन सक्छ , बेरोजगारलाई रोजगार दिन सक्छ, महंगी घटाउन सक्छ भन्ने प्रश्न गर्र्दै यो सब सरकारले मात्र गर्न सक्ने जोड दिनु भएको छ । उहाले आज हामी सरकारमा रहेको र सरकारले त्यो गर्न सक्दैन भने आफनो पार्टीले त्यसलाई ठिक गर्ने बताउनु भएको छ । उहाले पछिल्लो समय देशको आर्थिक स्थिती ठीक नभएको बताउदै यसको समाधान तर्फ सरकार केन्द्रित हुनु पर्ने बताउनु भएको छ । उहाले देशमा परिर्वतन ल्याउन र जनताको समस्या समाधान गर्न सरकार चाहेमा पुरा गर्न सकिने र यो जटिल नभएको उल्लेख गर्नु भयो । उहा आफु अर्थमन्त्री भैसकेकोले आफुलाई हरेक कुरा थाहा भएको बताउनु भयो । उहाले भन्नु भयो ३२ बर्ष उद्योग धन्दा गरेको मान्छे हु, अर्थमन्त्री भएकोले सार्वजनिक लेखा समितीको सभापति भएकोले यहाको नस नस थाहा छ , सबै थाहा छ । गर्न नचाहेर हो । सबै केन्द्र र प्रदेश सरकार बचाउन मात्रै सधै लागी रहने र काम कहिले गर्ने भन्दै प्रश्न गर्नु भएको छ । उहाले प्रदेश नम्बर १ ,केन्द्र सरकार, सुदुरपश्चिम लगायत बिभिन्न प्रदेशमा समस्या छ त्यसको चिन्ता छैन खाली प्रदेश र केन्द्र सरकार बचाउन मात्रै समय खर्च भैरहेको छ भन्नु भयो । उहाले पार्टीको लागी मात्र समय खर्च गरे जनताको लागी कहिले काम गर्ने भन्दै सरकारलाई प्रश्न गर्नु भएको छ । उहाले यस बिषयमा पार्टीले निर्णय गरेर अघि बढनुपर्ने बताउदै यसो नगरे देशमा जटिल परिस्थिती आउन सक्ने बताउनु भयो । उहाले नेपालमा हिन्दु र मुस्लिम बिच साम्प्रादायिक दंगा भएको बताउदै यो नेपालीले नभइ यसमा पैसाको चलखेल भएको उल्लेख गर्नु भयो । उहाले रुपन्देहीमा पनि यस्तो क्रियाकलाप गराउनका लागी मान्छेहरु घुसेको बताउनु भयो । उहाले जातिय द्धन्द्ध गराउन भित्र भित्रै पैसाको चलखेल भएको बताउनु भएको छ । उहाले नेपालमा बर्षाै देखि हिन्दु मुस्लिम मिलेर बस्दै आएको बताउदै संयमता राख्न र यस्ता तत्वलाई घुस्न नदिने प्रतिबद्धता गर्नु भएको छ । उहाले यस बिषयमा आम जनता र नेपाली कांग्रेस सजग हुनुपर्ने बताउनु भएको छ ।

उहाले बालकृष्ण खांणको बिषयमा भन्दै कुनै पनि घटनामा सबै भन्दा बढी सजायको भागीदार त्यसको योजनाकार भएको बताउदै यसको मुख्य नाइके नै केपी ओली भएको दाबी गर्नु भयो । उहाले केपी ओलीले नै भुटानीहरुलाई अमेरिका पठाउनुपर्छ भन्दै क्याप्टेन पास गरेको उल्लेख गर्नु भयो । उहाले बालकृष्ण खाणलाई फसाइएको बताउदै बहालवाला गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रोस व्यक्त गर्नु भएको छ । उहाले भन्नु भयो गृहमन्त्रीको बदमासी छ यस्ता गृहमन्त्री राखेर देशमा शान्ति हुदैन , नेपालगंज र सर्लाहीमा दंगा भएको छ । यस्ता गृहमन्त्रीको काम छैन म अवगत गराउन चाहन्छु ।

उहाले पार्टीमा रहेर राम्रो काम गर्न आग्रह गर्दै सरकारले स्वास्थ्य , शिक्षा बिधेयक ल्याउदैछ त्यस्तो खालको बिधेयक ल्याएर नेपाली शिक्षाको समाधान हुन नसक्ने जिकिर गर्नु भयो । नेपालीहरुले पुर्ण रुपमा राम्रो र उच्च श्रेणीको शिक्षा निशुल्क रुपमा पाउनुपर्ने जोड दिदै स्वास्थ्य सेवा निशुल्क हुुनुपर्ने बताउनु भएको छ । बाटोघाटोको बिकास भन्दा शिक्षा र स्वास्थ्य सेवामा सुधार गरी गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नु भएको छ । बाटोघाटो बनाएर कमिसनको खेल नगर्न आग्रह गर्दै जनताको आधारभुत कुराहरु सबै भन्दा पहिला पुरा गर्नुपर्ने बताउनु भएको छ । उहाले उद्योगधन्दा गर्ने मनसायका साथ आफू भैरहवामा आए पनि रुपन्देहीको जनताले गरको बिश्वास र माया प्रति आफु ऋणी भएको र आफ्नो तीन पुस्ताले पनि त्यो ऋण तिर्न नसक्ने बताउनु भएको छ । उहाले बाँकी जीवन जनताप्रति नै समर्पित गर्ने बताउदै इमानदारीका साथ काम गर्ने प्रतिबद्धता गर्दै आफु ठुल ठुला पदमा पुगे पनि आजसम्म कसैको दुइ पैसा पनि नखाएको उल्लेख गर्नु भयो ।

यस्तै गरी नेपाली कांग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सांसद् देवी प्रसाद चौधरीले नेपाली कांग्रेसले जनताको हितमा काम गर्दै आएको र भोलिका दिनमा पार्टी उच्च अवस्थामा पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले पार्टीका नेता खांण माथि बिना सबुत प्रमाण बिना नै आरोप लागेकोले यस बिषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले नेपाली कांग्रेसको केन्द्रिय कार्य समितीले सबैलाई समेटेर लगेको बताउनु भएको छ । उहाले राजनिती नै समाजसेवा भएकोले यसबाट पाउन भन्दा पनि समाजलाई के दिन सकिन्छ यस बिषयमा मनन गरेर अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले जनताको समस्यालाई सम्बोधन गर्नका लागी राजनितीमा अग्रसर हुने भएको यस बिषयमा पार्टीको नेतृत्वकर्ताहरुको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ख का सभापति घनश्याम चालिसेको स्वागत मन्तब्य रहेको कार्यक्रममा महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खान, संविधानसभा सदस्य जैतुन निशा धुनिया , नेपाली कांग्रेस जिल्ला सचिव हरि काफले, महाधिवेशन प्रतिनिधि बसन्तलाल कर्ण, क्षेत्र नम्बर ३ क का उपसभापति गोविन्द प्रसाद बस्याल, सिद्धार्थनगर उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर–१० का बुथ सभापति विजयनाथ धवल लगायतले बोल्दै पार्टी प्रति इमान्दार भएर लागे मात्रै पार्टी बलियो हुने भएकोले पार्टी भित्र रहेको अन्तर बिवादलाई मिलाएर लैजान आग्रह गरेका थिए । साथै रुपन्देहीका अभिभावक भरत कुमार शाहलाई केन्द्रीय सदस्यको रुपमा पाउँदा निकै खुसीको अनुभुति भएको बताएका थिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद भरत कुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१०-०९ , समय : २२:५८:४३ , १ वर्ष अगाडि