रुपन्देही खबर , २२४ पटक हेरिएको
कपिलबस्तु , जेठ २२
लियो क्लब अफ कपिलबस्तुको पाचौ अधिबेशन शनिबार बाणगङ्गा नगरपालिका -१ बैरियमा सम्पन्न भएको छ । अधिबेशन बाट सागर बन्जाडे अध्यक्ष मा निर्बिरोध चयन भएका छ्न ।
जस्मा अध्यक्षको सल्लाहकार लक्ष्मण सापकोटा पहिलो उपाध्यक्ष कपिलदेब भट्टराई , दोस्रो उपाध्यक्ष मा प्रदिप गौतम र तेस्रो उपाध्यक्षमा मधुसुदन गन्धर्ब चयन हुनुभएको छ । सचिबमा दिपक आचार्य सह-सचिबमा मनिष घिमिरे कोषाध्यक्षमा हरिप्रसाद अधिकारी र सह-कोषाध्यक्षमा हरी गैरे चयन हुनुभएको छ ।
नब निर्बाचित अध्यक्षले बोल्दै ” सबै मिलेर काम गर्ने र संस्था लाई अगाडि बढाउनका निमित्त आफू लागि पर्ने ” बताउनुभएको छ । उहाले आफ्नो टिमले पहिलेका राम्रा काम लाई सिको गर्दै लियो क्लब अफ कपिलवस्तु लाई एउटा नमुना संस्थाको रुपमा उदाहरण दिने समेत अध्यक्ष बन्जाडे ले बताउनुभएको छ ।
प्रकाशित मिति: २०२२-०६-०५ , समय : ०७:०७:०२ , २ वर्ष अगाडि