उर्मिला यादव यात्री , २७६ पटक हेरिएको
भैरहवा, असोज २१
देश बचाउनका लागी एक ढिक्का भएर लाग्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । नेपाल कम्युनिष्ट पार्टी दक्षिण रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको एमसीसी र राष्ट्रियता बिषयक अन्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले देश खतरामा रहेकोले देशलाई खतरामुक्त गर्नका लागी पार्टीगत रुपमा नभइ हामी सबै एक हौ भन्दै एक ढिक्का हुनैपर्ने जोड दिएका हुन । उनीहरुले एमसीसी राष्ट्रघाती रहेकोले यसको बिरोध अझै पनि जारी रहेको बताएका छन ।
यस्तै गरी नेकपा केन्द्रिय स्थायी समिती सदस्य तथा कार्यक्रम प्रस्तोता अनिल सी ले एमसीसीको बिषयमा बताउदै एमसीसी सन २००४ मा अमेरिकी संसदले पारित गरेको बिकासे संस्था भएकोले नेपालको सडक र बिद्युत क्षेत्रको बिकास लागी एमसीसी नेपालमा पास भए पनि यो राष्ट्रघाती भएको बताउनु भएको छ । उहाले भन्नु भयो एमसीसी मार्फत नेपालमा प्रस्ताबित रकमले उच्च क्षमताको चार सय केभि अर्थात ३ सय १५ किमि बिद्युत प्रसारण लाइन, ३ वटा सब स्टेसन, नेपाल भारत सीमापार बिद्युत प्रसारण लाइन , र ९९ किलोमिटर सडक स्तरोउन्नती गर्ने प्रस्ताव छ ।
एमसीसी पारित नहुदै कार्यान्वयन गर्ने कि नगर्ने भनेर नेपाल सरकारले निर्णय समेत गर्न नसक्ने २३ करोड १६ लाख नेपाली मुद्रा एमसीसीमा खर्च भएकोे छ । एमसीसी आउदा खेरी नेपालको सम्पुर्ण कानुनी प्रक्रिया मिचेर दादागिरी गर्दै आएको उहाले जोड दिनु भयो । कार्यक्रममा अनिल सी ले एमसीसीको रणनितिक उदेश्यका बारेमा समेत जानकारी समेत गराउनु भएको थियो । उहाले एमसीसीले नेपालमा बिकास गर्ने बहानामा गुलाम बनाउन खोजेको आरोप लगाउनु भएको छ । एमसीसी र नेता बिचको सम्झौता राष्ट्रघाती भएको बताउदै उहाले अमेरिकाले एमसीसी सम्झौता मार्फत बौद्धिक सम्पत्ति कब्जा गर्न खोजेको उल्लेख गर्नु भएको छ । उहाले नेपाल र अमेरिकी संयुक्त लगानीमा चलाइने र नेपालमा संचालन हुने परियोजनामा नेपालको अग्राधिकार हुनुपर्नेमा एमसीसीको लेखा परीक्षण अमेरिकाले गर्ने र त्यसलाई नेपालले स्वीकार गर्नुपर्ने बाध्यताकारी प्रावधान रहेकोले यो राष्ट्रको हितमा हुनै नसक्ने जिकिर गर्नु भयो ।
कार्यक्रममा अनेम संघ क्रान्तिकारी कि पुर्बी लुम्बिनी ब्यूरो इन्चार्ज तथा नेकपाको केन्द्रीय प्रतिनिधि सदस्य उषा सीले संसदबाट हस्ताक्षर नै नगरी ताली बजाएर एमसीसी पास भएको बताउदै जनताले यसलाई अस्वीकार गर्दै देशको बिभिन्न ठाउमा राष्ट्रियबादी आन्दोलन गर्दै आएको जानकारी दिनु भएको छ । उहाले देशको भुमिलाई प्रयोग गर्ने हिसाबले एमसीसी नेपालमा आएको बताउनु भएको छ । उहाले एमसीसी षडयन्त्र पुर्वक नेपालमा ल्याइएकोले यसको बिरोध खुलेर गर्न आमजनतालाई आग्रह गर्नु भएको छ । उहाले देशको प्रयोग गर्ने उदेश्यले एमसीसी ल्याइएकोले यस बिषयमा सचेत हुन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेकपाका पिभीएम पोलिट लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सी, नेकपा पिभिएम तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष बिनोद सी , नेकपा एकीकृत समाजवादीका सिसीएम बाबुलाल यादव, नेकपा एकता राजनितिक अभियान पार्टीका सिसीएम रुपन्देही जिल्ला इज्चार्ज राधेश्याम गुप्ता, राष्ट्रिय जनमोर्चा सिद्धार्थनगर नगरपालिका अध्यक्ष हिरालाल धामी , सक्षम महिला बहुउदेश्यिय सहकारी संस्थाको अध्यक्ष शान्ता कण्डेल,समाजसेवी गंगा बहादुर सुनार लगायतले एमसीसी र राष्ट्रियताको बिषयमा आ आफनो धारणा राख्नु भएको थियो । नेकपा दक्षिण रुपन्देहीका जिल्ला इन्चार्ज बिश्वासको अध्यक्षता तथा नेकपा स्थायी कमिटी सदस्य तथा एमसीसी र राष्ट्रियताको प्रस्तोता अनिल सी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रकाशित मिति: २०२३-१०-०८ , समय : ०९:३२:२३ , १ वर्ष अगाडि