प्रकाश न्यौपाने , २८८ पटक हेरिएको
नवलपरासी, असोज १५
नेपालका पुर्व राष्ट्रपति रामवरण यादवले संविधान मार्फत नेपालको राजनीतिक व्यवस्था परिवर्तन भएको बताउनु भएको छ ।प्रतापपुर गाउँपालिकाद्वारा आयोजित बि.पि को ११० औं जन्म जयन्तीको अवसरमा कोइराला शालिकको अनावरण गर्दै यादवले राजनीतिक परिवर्तन भएको र अब आर्थिक परिवर्तनका लागी दलहरु लाउनु पर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ – बि.पि. कोइरालाको मर्म अनुसार संविधान आएको छ । भारत, अमेरिका लागायतका राष्ट्रमा पनि पटक पटक संविधान संशोधन भएको छ । संविधान संशोधन गरि समय सापेक्ष गराउन सकिन्छ ।”
आर्थिक समृद्धिका लागि प्रकृतीलाइ प्रयोग गर्ने सकिने बताउदै उहाले -” बि.पि कोइरालाले प्रकृतीलाइ सरक्षण गरि प्रकृति सङ्ग रमाउन सके नेपालको आर्थिक बिकास हुन्छ भन्नुभयो । त्यसैले हामीले प्रकृतीको दोहन नगरी सरक्षण गर्नु पर्छ ।”
पछिल्लो समयमा देशको बिकासका नाउमा प्रकृतीको दोहन भएको बताउदै उहाले नेपालले चुरे पहाडको सरक्षण गर्ने सक्नु पर्ने बताउनु भयो । यादवका अनुसार चुरे पहाडलाई सरक्षण गर्न सके पर्यटन भित्र्याइ देशको आर्थिक बिकास गर्ने सकिन्छ । यादव भनुहुन्छ-” चुरे पहाडलाई सरक्षण गर्न नसके अन्नको भण्डार भनेर चिनिने तराई मरुभूमि हुन्छ ।”
कार्यक्रममा पुर्व मन्त्री एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिह पुन र संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले समाजवादका प्रर्वतक महामानव बिपि कोइराला राष्ट्रिय व्यक्तित्व भएको बताउदै कोइरालाको योगदानको उच्च मुल्यांकन गर्दै प्रतापपुर गाउपालिकाले सबै पार्टीका व्यक्तित्वलाइ राखेर शालिकको अनावरण गर्ने सफल भएकोमा गाउपालिकालाइ बधाई दिनु भएको थियो ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राम बच्चन यादव र नेकपा माओवादीका केन्द्रिय सदस्य एव पुर्व स्थानीय बिकास राज्य मन्त्री घनश्याम यादव बि.पि.ले देशको अवस्था र व्यवस्थाका बिषयमा सोचेको बताउदै बिपिको सोच अनुसार ब्यवस्थामा परिवर्तन भयो तर अवस्थाको पुरा भएको छैन अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य बिस्वप्रेम पाठकले बि.पि. कोइरालाले देश सुसाशनको मार्गमा हिड्नु पर्ने बताउदै बि.पिको सोच अनुसार देशलाई सुसासनको मार्गमा डोर्याउन आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती प्रसाद यादव, नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेल, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी, नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मुकुल आचार्य लगायतले बोल्नु भएको छ ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष मान कुमारी चौधरीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-१०-०२ , समय : १९:५६:२५ , १ वर्ष अगाडि