मोटरसाइल दुर्घटनामा परी नवलपरासीमा एक जनाको मृत्यु

रुपन्देही खबर , ३७४  पटक हेरिएको

नवलपरासी, असोज १२

पश्चिम नवलपरासीको सुनवलमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका १४ पर्सावल बस्ने ३० वर्षिय हेम खवास रहेका छन । प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल ४ गैरे पेट्रोल पम्प नजिकै पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सिमेन्टको पोलमा ठोक्किदा घाइते भएको खवासको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै गरी घटनामा फरार रहेका सोही स्थान बस्ने मोटरसाइकल चालक अंगद यादवलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : १६:२८:२८ , १ वर्ष अगाडि