मर्चवारबाट एक लाख ९४ हजार बढीको अबैध मदिरा बरामद

रुपन्देही खबर , ५१७  पटक हेरिएको

मर्चवार, असोज ११

इलाका प्रहरी कार्यालय मझगांवाले एक लाख ९४ हजार रुपैया बढीको मदिरा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार सोमबार ईलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको प्रहरी गस्ति टोलिले मर्चवारी गाउपालिका वडा नम्बर ६ भिलरहवाको नेपाल भारत सिमामा बेवारिसे अवस्थामा रहेको कस्तुरी निलो ३९ काटुन ,कस्तुरी निम्बु फिरेस ५० काटुन,जुली ४३ काटुन, ग्रेन ३ काटुन, टि टवान्टी ४ काटुन,उमंग पहिलो १२ काटुन र उमंग सेतो १५ काटुन अबैध मदिरा बरामद गरेको हो । बरामद भएकोे १ सय ६६ काटुन मदिरा आवश्यक कार्वाहीको बुधबार आन्तरिक राजस्व कार्यालय भैरहवा रुपन्देहीमा पठाईएको इलाका प्रहरी कार्यालय मझगांवाले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०९-२८ , समय : ०८:२४:०७ , १ वर्ष अगाडि