जनकल्याण साकोस बासाबसाही सेवा केन्द्रको साधारण सभा सम्पन्न

प्रकाश न्यौपाने , २५१  पटक हेरिएको

नवलपरासी, असोज ६

जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा अन्तरगत बासाबसही सेवा केन्द्रमा सम्पन्न भएको छ । सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बर्दघाटमा स्थापना भइ सरावलमा सेवा केन्द्र खोली राम्रो सेवा प्रवाह गरेकोमा जनकल्याणलाई आभार प्रकट गर्नु भयो । चौधरीका भन्नुहुन्छ -” अहिले सहकारी क्षेत्रमा केहि समस्या आएको छ । यी सबै समस्याहरु शेयर सदस्य र संचालकहरु मिलेर अगाडि बढे अहिले देखिएका सबै सहकारीका समस्या समाधान गर्ने सकिन्छ ।”

कार्यक्रममा सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक बर्ष २०७९/८० मा आर्थिक प्रतिबेदन आगामी नीति प्रस्तुत गर्नु भयो । बिगतमा १ लाख रुपैयाको दुर्घटना बिमालाई अहिले ३ लाख बनाइएको गत आर्थिक बर्ष ७ करोड १२ लाख आम्दानी गरेको र ५ करोड ८५ लाख खर्च गर्दै १ करोड २६ लाख नाफा कमाएको अधिकारीले बताउनु भयो ।

शेयर वृद्धि निति, बचत निति , ऋण निति, शेयर सदस्य बन्न, बनेका शेयर सदस्यले सेयर रकम थप गर्न, नियमित बचत गर्ने, कर्जाको किस्ता समयमा नै तिर्न सस्थाका अध्यक्ष कुलदिप आचार्यले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” जनकल्याण सहकारी निति र बिधीमा संचालक रहेकाले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्नुहोस् ।” सस्था स्थापना दिवसको अवसरमा असोज र कार्तिकमा सदस्य बन्दा प्रवेश शुल्क नलाग्ने अध्यक्ष आचार्यको भनाइ छ ।कार्यक्रममा शेयर सदस्य बिष्णु पाण्डे, चिरञ्जीवी अर्याल, मणि प्रसाद बस्याल, सरावल १ का वडा अध्यक्ष बिष्णु प्रसाद भट्टराइ लगायतले बोल्दै सहकारीको सेवा प्रवाह सङ्ग सम्बन्धि जिज्ञासा राख्नु भएको छ । बासा बसाही सेवा केन्द्रका हरि प्रसाद ढकालको स्वागत रहेको कार्यक्रमको संचालक सचिब चेत नारायण भण्डारीले गर्नु भयो ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : १८:२७:२२ , १ वर्ष अगाडि