गायिका सिम्रन र राजन कार्कीको स्वरमा ‘पारी ठुली भिर’सार्वजनिक

रुपन्देही खबर , २६७  पटक हेरिएको

काठमाण्डौं, असोज ६

लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ । नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताउनु भएको छ । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । सन्जय राईको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ । मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु , उखुम , दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : ०९:३९:३७ , १ वर्ष अगाडि