पक्लिहवा मा.बि.मा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ५४०  पटक हेरिएको

भैरहवा, भदौ २७

रुपन्देहीको सिद्धार्थनगर १ पक्लिहवामा अवस्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमका बिच ‘मानसिक स्वास्थ्य, यसको महत्व र हेरचाह’ विषयक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता एवम पक्लिहवा कृषि क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक शैलेष गुरुङ्गकोे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले मानसिक स्वास्थ्य हरेक मावनका लागी जीवन उपयोगी विषय रहेको बताउनु भएको छ । उहाले यस सचेतनामुलक कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक अवस्था ताजा राख्न पहल गर्ने बताउदै पढाईमा समेत बिद्यार्थी केन्द्रिकृत हुने जोड दिनु भयो । उहाले यस बिषयले बिद्यार्थीहरुमा रहेको नकरात्मक बानीहरु जस्तै कुलत तथा नसा वा अन्य अम्मलबाट टाढा रहन प्रेरणा दिनुका साथै उनीहरुको व्यक्तित्व विकाश, स्वस्थ शरीर र स्वस्थ समाजको निर्माणमा समेत सहयोग पु¥याउने बताउनु भएको छ ।

बिद्यालयको आयोजना, एवलोन नेपाल तथा रोटरी क्लब अफ भैरहवाको प्राविधिक सहयोगमा संचालित कार्यक्रममा एवलोन नेपालका संस्थापक अध्यक्ष रन्जु शर्मा तथा रोटरी क्लब अफ भैरहवाका अध्यक्ष उमेशचन्द्र आचार्यले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन शिक्षक देवि प्रसाद न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी., विद्यालय व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, सदस्य सलुजा विश्वसेन्चुरी, सदस्य सीतादेवी राजभर, समाजसेवी दिप गुरुङ्ग,बिद्यालयका शिक्षक, शिक्षिका लगायत ५० जना भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-१३ , समय : २१:१५:१२ , १ वर्ष अगाडि