अधिकार नदिए प्रदेश खारेज गर्नुपर्ने : नेपाली कांग्रेसका नेता काफले

उर्मिला यादव यात्री , ४६४  पटक हेरिएको

भैरहवा, भदौ २२

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफलेले प्रदेशलाई अधिकार नदिए प्रदेश खारेज गर्नुपर्ने बताउनु भएको छ । अधिकार पाए प्रदेश उत्कृष्ट भएको उहाले बताउनु भयो । नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नम्बर ३ रुपन्देहीले आज शुक्रबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य काफलेले यदि अधिकार प्रदेशलाई नदिने हो भने बिना बाजाको डम्फु बजाएर काम छैन भन्दै प्रदेशलाई अधिकार दियो भने प्रदेशले जति बिकास गर्न सक्ने र सबै मन्त्रालय सजिलै हेर्न सक्ने अरु कुनै सरकार हुनै नसक्ने दाबी गर्नु भयो ।
उहाले आफु प्रमुख सचेतक भएको र अहिले राजिनामा दिएको उल्लेख गर्नु भयो संसद्ले कांग्रेस जन्माएको होइन । कांग्रेसले संसद् जन्माएको हो । बलियो कांग्रेसले बलियो संसद चलाउन सक्छ भनेर त्यहाँ अल्मिलिनु भन्दा देशभरी घुम्ने र जनताको माझमा पुग्ने ध्ययले आफुले राजनीमा दिएको बताउनु भयो । ’

प्रदेशमा बिना सेनाको सेनापति र प्रहरी बिनाको गृहमन्त्री रहेको उहाले बताउनु भयो । नेता काफलेले सरकार संबिधानको मुलमर्म अन्र्तगत नहिडेका कारण कठिनाई भैरहेको बताउनु भएको छ । उहाले देशमा रहेको शिक्षाले घर , परिवार र समुदायमा सहजता प्रदान गर्न नसकेको बताउनु भयो । उहाले देश अन्र्तगत शिक्षा नभएको भन्दै यहाको उत्पादन, यहाको जीवनसंग, जडीबुटी, बन, जंगल लगायत देशको बिभिन्न प्राकृतिक स्रोत साधनसंग शिक्षा जोडन नसकेकोले युवाहरु बिदेशिने क्रम बढेको बताउनु भयो । उहाले संबिधानमा भएका तर लागु नभएका कुराहरुको कार्यान्वयन गर्नुपर्ने जोड दिनु भयो । उहाले यस बिषयमा छलफल भैरहेको बताउदै संबिधान नै नेपाली जनताको लागी बाधक भए त्यो नै परिर्वतन गर्नुपर्नेमा जोड दिनु भएको छ । नेता काफलेले जनतासंग समस्या हुने काम कांगे्रसलाई गर्न छुट नभएको बताउनु भयो । उहाले जनताको कुरा नै कांग्रेसको कुरा भएकोले संबिधानमा यी कुराहरु संशोधन गर्नुपर्ने बताउनु भएको छ ।


उहाले नेपाली कांग्रेसका जनप्रतिनिधीहरुलाई आआफनो ठाउमा जिम्मेवारी बहन गरेर अगाडी बढनुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस भित्र समस्या छन । किनहुदैन कांग्रेस भित्र समस्या , गाउ , देश सबै तिर समस्या हुने कांग्रेसमा समस्या नहुने किन भन्दै प्रश्न गर्नु भएको छ । अहिले सात प्रदेश , प्रदेश संरचना लगायत संबिधान फरक बनेको छ । यो संबिधानको मर्म फरक छ । त्यही भएर कांग्रेसमा मानसिक र ब्यवहारिक रुपमा कठिनाई भएको उहाले भन्नु भयो । यसको समाधानको लागी स्थानिय पालिकाहरुले भुमिका खेल्नुपर्ने बताउनु भएको छ । उहाले देशमा थुप्रै समस्या भएको बताउदै शिक्षालाई कस्तो बनाउने बिषयमा स्थानिय तहको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नु भयो ।

स्थानिय तहमा सबै अधिकार छ ।आर्थिक लगायत सबै साधन स्रोत भएर पनि स्थानिय तह चुप लाग्नुको कारण बुझन नसकेको बताउदै यस्ता बिषयमा आवाज उठाउन आग्रह गर्नु भएको छ । उहाले स्थानिय तहमा छलफल, परामर्श गरी अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले नेपाली कांग्रेसले गर्दा नै देशमा परिर्वतन आएको बताउनु भएको छ । उहाले हामी आफैले संबिधान बनाएर त्यसको कार्यान्वयन गर्न नसकिरहेको उल्लेख गर्नु भयो । नेता काफलेले संबिधानमा शिक्षा, रोजगार लगायत सबै कुराको ग्यारेन्टी भएको बताउदै त्यसको कार्यान्वयन हुन नसकेको गुनासो गर्नु भयो । उहाले यसको खबरदारी अब कांग्रेसले नै गर्नु पर्ने जोड दिनु भएको छ । उहाले स्थानिय तहमा संबिधान कार्यान्वयन गर्न किन सकिरहेका छैनौ भन्दै प्रश्न गर्नु भएको थियो ।

उहाले हामी सबै हरेक ठाउमा आफनो कत्र्तब्य र जिम्मेवारी बहन गर्नुपर्ने बताउदै आफुमा भएको कमीकमजोरीलाई सुधार गर्नुपर्ने उल्लेख गर्नु भयो । उहाले देशमा परिर्वतन लगायत शिक्षा, स्वास्थ्य , बिजुली , भौतिक बिकास लगायत सबै काम कांग्रेसको पालामा भएको बताउनु भयो यस्तै गरी नेता काफलेले नेपाली कांग्रेसले बालकृष्ण खाणमाथि अन्याय नगरेको बताउनु भएको छ । उहाले भन्नु भयो ‘अदालतमा मुद्दा विचाराधीन रहेको र अदालतले निर्णय गर्ने हो , त्यो कुरा कांग्रेसले निर्णय गर्ने होइन । तर, कांग्रेसले बालकृष्ण माथि अन्याय गरेको जस्तो लाग्दैन । ’

कार्यक्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले पार्टीलाई अगाडी बढाउनका लागी पार्टीमा नेतृत्व सहि हुनुपर्ने बताउदै त्यसमा बिकास र संरचनागत रुपमा काम हुनुपर्ने बताउनु भएकोे छ । उहाले संबिधान कार्यान्वयन गर्नुपर्ने बताउदै यस बिषयमा गहन छलफल भैरहेको उल्लेख गर्नु भयो । संबिधान आज कार्यान्वयन हुन सकेको छैन जसले गर्दा समस्या सिर्जना भएकोले यसको संशोधन गर्नुपर्ने नेता शेरचनको भनाई छ । पार्टीमा सरकार संचालन गर्नेहरु नै जनताप्रति उत्तरदायी नहुनु र नेताहरु कार्यकर्ता प्रति उत्तरदायी नभएकोले ठुलो समस्या सिर्जना भएको उल्लेख गर्नु भयो । उहाले कम्युनिष्ठ भन्दा कांग्रेस फरक भएकोले कांग्रेसमा खुलेर बोल्न पाएको र यो अभियान संचालन गरेको बताउनु भएको छ । उहाले जनप्रतिनिधी भएर आइसके पछि जनताको लागी मात्र काम गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनालको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली कांग्रेस शुद्धोधन गाउपालिका अध्यक्ष दामोदर पन्त, नेपाली कांग्रेस महासमिती सदस्य बिना न्यौपाने , जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाई, लगायतले बोल्दै नेपाली कांग्रेसमा रहेको गुट उपगुटमा रहीे पार्टी बिपरीत कार्य गर्नेलाई कारवाही गर्नुपर्ने बताउनु भएको छ ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो भने कार्यक्रम संचालन नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव लेखनाथ भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०९-०९ , समय : ००:०५:४७ , १ वर्ष अगाडि