राप्रपाले भदौ २७ गते काठमाडौंमा विरोध सभा गर्ने

रुपन्देही खबर , २८९  पटक हेरिएको

काठमाडौं,भदौ १७

राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा राखेको हो ।

त्यस्तै आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्‍याली र सभा गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : २१:५३:१८ , १ वर्ष अगाडि