एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता

रुपन्देही खबर , २०८  पटक हेरिएको

बुटवल, भदौ १७

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गर्नु भएको हो । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए ।

तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ । दुबैले उम्मेदवारी दर्ता गर्नु भएको छ । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन । उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म छ ।

अनलाइन खबर

प्रकाशित मिति: २०२३-०९-०३ , समय : २१:३२:३५ , १ वर्ष अगाडि