रुपन्देहीमा संघिय बजेटकाे आकार ७ अर्ब ३४ करोड विनियोजन

रिया क्षेत्री , ५३५  पटक हेरिएको

भैरहवा , जेठ २०

संघीय सरकारले रुपन्देहीका १६ स्थानीय तहलाई आर्थिक वर्ष ०७९–८० को बजेटमा ७ अर्ब ३४ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । संघले सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकालाई बजेट छुट्याएको छ । जेठ १५ गते संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा रुपन्देहीका स्थानीय तहलाई विशेष प्राथमिकता दिएर बजेट छुट्याइएको हो ।

बुटवल उपमहानगरपालिकाले ८६ करोड ४३ लाख बजेट पाएको छ । जसमा समानीकरण अनुदानमार्फत ३४ करोड ८० लाख, सशर्त अनुदानमार्फत ४५ करोड २३ लाख र समपुरक अनुदानमार्फत ६ करोड ६० लाख रुपैयाँ पाउने भएको हो।

तिलोत्तमा नगरपालिकाले ८९ करोड ६९ लाख बजेट पाउने भएको छ । तिलोत्तमाले समानीकरण अनुदानमार्फत २६ करोड ७० लाख, सशर्त अनुदानमार्फत ६० करोड १९ लाख, विशेष अनुदान मार्फत १ करोड ५० लाख र समपुरक अनुदानमार्फत १ करोड २० लाख पाउने छ ।

 

यस्तै देवदह नगरपालिकाले ४८ करोड ६० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड २९ लाख, सिद्धार्थनगर नगरपालिकाले ५६ करोड र सैनामेना नगरपालिकाले ४३ करोड ७२ लाख अनुदान पाउने भएको छ ।

गाउँपालिकातर्फ सियारी गाउँपालिकाले ४३ करोड १३ लाख बजेट पाएको छ । १० वटा गाउपालिकामध्ये यो सबैभन्दा धेरै हो । ओमसतिया गाउँपालिकाले सबैभन्दा कम ३० करोड २७ लाख बजेट पाएको छ ।

 

कंचन गाउँपालिकाले ३५ करोड ८३ लाख, कोटहीमाई गाउँपालिकाले ३२ करोड ६६ लाख, गैडहवा गाउँपालिकाले ३५ करोड ६९ लाख, मर्चवारी गाउँपालिकाले ३३ करोड १९ लाख, रोहिणी गाउँपालिकाले ३६ करोड ११ लाख, शुद्धोधन गाउँपालिकाले ३५ करोड ४१ लाख, सम्मरीमाई गाउँपालिकाले ३४ करोड ९६ लाख र मायादेवी गाउँपालिकाले ३८ करोड ७३ लाख पाएको वजेट वक्तव्यमा उल्लेख छ ।

 

प्रकाशित मिति: २०२२-०६-०३ , समय : २०:३७:२३ , २ वर्ष अगाडि