उद्योग नबढी देश समृद्धि तर्फ जान नसक्ने : मन्त्री रिजाल

रुपन्देही खबर , २१८  पटक हेरिएको

भैरहवा, भदौ १६

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगको बिकास नभए सम्म देश समृद्धि तर्फ जान नसक्ने बताउनु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री रिजालले उद्योगलाई बढाउनका लागी सरकारले सहुलियत दिनु पर्ने बताउनु भएको हो । उहाले एकद्धवार प्रणाली नहुदा उद्योगी ब्यवसायीहरुले समस्या भोग्नु परेको गुनासो समेत गर्नु भएको छ ।


उहाले देशमा आएको आार्थिक संकटबाट उद्योगी ब्यवसायीहरु भाग्न नहुने बताउदै अहिले परिस्थिती राम्रो नभएकोे आएको समस्या संग लडन आग्रह गर्नु भएको छ । उहाले उद्योगी ब्यवसायीको साथमा मन्त्रालय रहेको बताउदै समस्या आए पनि नआत्तिन आग्रह गर्नु भयो । उहाले नेपालमा मात्र नभई बिश्वब्यापी रुपमा आर्थिक मन्दी रहेकोले यस्तो अवस्था आएको जोड दिद सामुहिक कार्य गर्न आग्रह गर्नु भएको छ ।

उहाले भन्नु भयो सेजको अवधारणा राम्रो हो तर बिगतमा उद्योगी ब्यवसायीहरु कमाउन तर्फ लाग्नु भयो । उद्योगलाई बढाउने तर्फ होइन कि कमाउने तर्फ लाग्दा सेज सोचे अनुरुप चल्न गाहे भएको बताउनु भयो ।
उहले हरेक उद्योगमा समस्या रहेकोले उद्योगीहरुलाई निरास नहुन आग्रह गर्नु भयो । मन्त्री रिजालले उद्योगी ब्यवसायीहरुलाई आफनो पालामा भएको सबै सेवा सुबिधा दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । जनताको आम्दानी भएन उद्योग धन्दालाई सर्पाट गरे रोजगारी सिर्जना हुन्छ । कर तिरिन्छ भन्दै निरुत्साहित नहुन आग्रह गर्दै सुख पछि दुख आउदा समस्यामा नआत्तिन सुझाव दिनु भयो । उद्योगी ब्यवसायीहरुले पनि सरकारलाई झक्झकाई रहनु पर्ने मन्त्री रिजालको भनाई छ ।

सरकारले स्वदेशमा उत्पादित वस्तुलाई विदेश निर्यातका लागि उद्योगीलाई आवश्यक सहयोग गर्ने बताउनु भएको छ । उहाले उद्योगी व्यवसायीलाई सहयोग गर्दै अवसर दिएर उत्पादन वृद्धि गरी निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । मन्त्री रिजालले उद्योगीलाई सहयोग गरेमात्रै मुलुक अगाडि बढी समृद्धितिर जाने उल्लेख गर्नु भयो ।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : २३:४४:५१ , १ वर्ष अगाडि