उर्मिला यादव यात्री , ५७९ पटक हेरिएको
भैरहवा, भदौ ९
फकाएर माया फकिदैन सानु ।
देखाएर माया देखिदैन सानु ।।
यदि बुझनु छ माया भने हृदयमा हेर ।
बाटोमा खोजी माया, भेटिदैन सानु ।।
के हो मुल्य यसको, नसोध मलाई ।
तक्दिरमा माया सबको लेखिदैन सानु ।।
अथाह छ माया, देखाउ कसरी ।
मेटेर तिम्रो माया मेटिदैन सानु ।।
हात समाइ पनि छोडने धेरै छन ।
मै छु भन्दै बाटो छेकिदैन सानु ।।
स्वार्थी छ संसार, जाली छ दुनिया ।
मै हु भन्ने कोही आफनो भेटिदैन सानु ।।
लेखक उर्मिला यादव यात्री
भैरहवा रुपन्देही
लेखेको मिति २०८०। ०५। ०९
प्रकाशित मिति: २०२३-०८-२६ , समय : ०८:४३:३२ , १ वर्ष अगाडि