दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

रुपन्देही खबर , २५२  पटक हेरिएको

दाङ, साउन ३१

दाङको तुलसीपुर उपमहानगरपालिका ८ चमेखोला सडकमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका २ बस्ने २६ वर्षीय कमल डाँगी रहेका छन ।

डागीले चलाएको रा.४ प ९९०९ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २०२३-०८-१६ , समय : १४:२४:२७ , १ वर्ष अगाडि