डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

रुपन्देही खबर , ३३०  पटक हेरिएको

काठमांडौ, साउन ३१

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तोकिएको मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रकाशित मिति: २०२३-०८-१६ , समय : ०७:५५:३० , १ वर्ष अगाडि