प्रकाश न्यौपाने , ४५२ पटक हेरिएको
नवलपरासी , जेठ १९
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यपालिका सदस्यका लागी विहिबार भएको निर्वाचनमा गठबन्धनका उम्मेद्धारहरु विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसका ४ र नेकपा माओबादीका १ जना उम्मेद्धार विजयी भएका छन् । विजयी हुनेहरुमा नेपाली कांग्रेसका तर्फबाट मञ्जु चालिसेले ७०, रितु कुमारी सुनारले ७०, रिता ढुंगानाले ७० र सुमित्रा ढकालले ६९ मत र माओबादीका जानकी न्यौपानेले ७० मत प्राप्त गरि विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्धन्दीहरु नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिनुभएका दिपा सारुले १३, माया चौधरीले १३ र राधा थापाले ११ मत प्राप्त गरि पराजय बेहार्नुभएको छ । त्यस्तै, दलित तथा अल्पसङख्यकमा उम्मेद्धारी दिएका नेकपा माओबादीका गोविन्द विश्वकर्मा ६८, माओबादीकै बुधिराम विक ६५ र एकिकृत समाजबादीका प्रेम बहादुर भुजेल ६८ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दीहरु नेकपा एमालेका लुकुडी चमार १३ र स्वतन्त्र उम्मेद्वार मोहन विकले १३ मत प्राप्त गरि पराजय बेहोर्नुभएको छ ।
पाच जना महिला र तीन जना दलित तथा अल्पसङख्यक सदस्यका लागी भएको निर्वाचनमा महिला तर्फ ८ जना र दलित र अल्पसख्यंक तर्फ ५ जना गरि १३ जनाको उम्मेद्धारी परेको थियो । बर्दघाट नगरका कुल ८२ जना जनप्रतिनिधि मध्ये ८२ जनाले नै मतदान गरेका थिए ।
प्रकाशित मिति: २०२२-०६-०२ , समय : २१:५८:५७ , २ वर्ष अगाडि