उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाकाे ज्यान गयाे

एजेन्सी , २९०  पटक हेरिएको

साउन ३

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको ज्यान गएकाे छ ।भारतको उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको ज्यान गएकाे र अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट झन्डै दुई सय ६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : २०:४०:५५ , १ वर्ष अगाडि