रुपन्देहीमा ९ लाख ७४ हजार बढीको मोवाइल तथा मोवाईलका पार्टपुर्जा बरामद

रुपन्देही खबर , १६७३  पटक हेरिएको

भैरहवा , साउन २

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बुटवल उपमहानगरपालिका वडा नंम्बर १२ रामनगरबाट ९ लाख ७४ हजार ५ सय रुपैया बराबरको बिभिन्न किसिमका मोवाईल तथा मोवाईलका सामानहरु वरामद गरेको जनाएको छ । जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा सो मुल्य बराबरको बिभिन्न किसिमका मोवाईल तथा मोवाईलका सामानहरु वरामद गरेको हो ।

प्रहरीका अनुसार साउन १ सोमबार राति साढे नौ बजेको समयमा बुटवल उपमहानगरपालिका वडा नंम्बर १२ रामनगरमा शंका लागी शुद्धोधन गाउँपालिका वडा नंम्बर ४ बस्ने बर्ष २३ को दिनानाथ थारुलाई चेकजाच गर्दा थारुले चलाएको लु ३५ प ९७५७ नंम्बरको स्कुटीमा अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छलि गरि लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । थारुको साथबाट बिभिन्न किसिमको मोवाईल २३ थान,बिभिन्न कम्पनिका मोवाईलका चार्जर तथा डाटा केवलहरु २१७ पिस,बिभिन्न किसिमका मोवाईलका डिस्पलेहरु ११८ पिस, सादा मोवाईलका व्याट्रीहरु ५०० पिस र आइफोन कम्पनिको मोवाईलको कभर ३४ पिस गरी स्कुटी सहित ९ लाख ७४ हजार ५ सय रुपैया बरावरको सामानहरु बरामद गरीआवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : ००:२०:४९ , २ वर्ष अगाडि