अन्तजातिय बिवाहमा न्याय दिलाउने अधिवक्तालाई चमार कल्याण समाज द्वारा सम्मान

धनी राम कोरी , ३३६  पटक हेरिएको

काठमाडौं, साउन २

सप्तरी जिल्लाका मनोज राम चमार र बबिता ईसरलाई न्याय दिलाउने अधिवक्ताहरुलाई चमार कल्याण समाजद्धारा सम्मान गरिएको छ । अन्तरजातिय विवाह गरेका बबिता ईसर र मनोज राम चमारलाई न्याय दिलाउन महत्वपुर्ण योगदान गर्नुभएका सर्बोच्च अदालतका अधिवक्ता शैलेन्द्र अम्बेडकर हरिजन , सर्बोच्च अदालतका बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी , मानव अधिकार आयोगकी पुर्ब प्रवक्ता एवमं अधिवक्ता मोहना अन्सारी , मधेश सरकारका पुर्ब न्यायधिवक्ता एवमं अधिवक्ता दिपेन्द्र झा र अधिवक्ता पंकज कुमार कर्ण लगायतका व्यक्तिहरुले न्याय दिलाउन धेरै भुमिका खेल्नु भएकोमा चमार कल्याण समाजले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।

समाजका उपत्यका कमिटि अध्यक्ष मान्यबर मनोज कुमार चमार एवमं कोषाध्यक्ष कुन्दन कुमार राम चमार लगायतले सम्पुर्ण अधिवक्ता हरुलाई सम्मान गर्नुभएको हो । अध्यक्ष मनोज कुमार चमारले चमार समाजलाई न्याय दिलाउनु हुने सबै न्याय प्रेमीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै यसरी नै साथ दिनु सबैमा आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : २३:२७:२३ , १ वर्ष अगाडि